हजरत बिलाल ए हब्सी (رضي الله عنه ) को शंछिप्त जीवनी
उप-नाम=शय्य्दुल मुव्ज्जिन ,मुवाज्जिन ए अव्वल
जन्म-दिन = 580 C.E. मक्का मुकरमामा भयको थियो
हजुरका माता-पिता अब्बयेसिनिया (इथियोपिया,अफ्रिका )का हुनु हुन्थ्यो
वहाका पिताको नाम रबह हो अनि माताको नाम हमामाह हो
वहाले ३० बर्षको उमेरमा जब इस्लाम स्वीकार्नु भयो सुरु सुरुमा तेसलाई लुकेर नै अंगाल्नु भयको थियो
जब वहाको मालिक उमय्याह इब्न खलाफलाइ यो कुरा को जानकारी भयो तस्पस्चात उसले वहालाई हरेक प्रकारले दुख दिन थाल्यो
वहालाई तेस्ले तातो बालुवामा सुतायर वहा माथि ठुला ठुला गरुंगा ढुंगा राखी याताना दिन्थ्यो
तेती गर्दा पनि हजरत बिलाल ए हब्सी (رضي الله عنه ) एक रत्ति पनि बिचलित नभई इस्लाम लाइ छोडने सोच सम्म पनि ल्याउदैन थिय
यो हो सच्चा मुसलमान अनि सच्चा आसिके रसुल (صلى الله عليه وسلم)
तेसपछी हाम्रा हृदयका प्रशन्न दाता ,पापी हरुका मोक्ष दाता ,दुखिहरुका सहारा ,सम्पूर्ण ब्रह्माण्डका निम्ति कृपा-पात्र नबि ए करीम (صلى الله عليه وسلم) को आज्ञा बाट हजरत अबु बकर सिद्दिक (رضي الله عنه ) ले उमय्याह इब्न खलाफलाइ अर्को एक नोकर र केहि रकम दिई वहा हजरत बिलाल ए हब्सी (رضي الله عنه )लाइ उसको गुलामी बाट मुक्ति दिलाउनु भयो
जब हजरत अबु बकर सिद्दिक (رضي الله عنه ) ले हजरत बिलाल ए हब्सी (رضي الله عنه )लाइ लियर जादै हुनुहुन्थ्यो उमय्याह इब्न खलाफले भन्यो "य अबु बकर तिमीले निक्कै महँगो कारोबार गर्यौ "
हजरत अबु बकर सिद्दिक (رضي الله عنه ) ले तेसलाई भन्नु भयो "य उमय्याह इब्न खलाफ तिम्ले केवल बिलाललाइ देखेउ तर मैले उसको हृदयमा मुहब्बत ए रसुल (صلى الله عليه وسلم) लाइ देखेको छु "
622 C.E. मा नबि ए करीम (صلى الله عليه وسلم) मदिना शरिफमा पाल्नु पश्चात हजरत बिलाल ए हब्सी (رضي الله عنه ) पनि मक्का बाट मदिना शरिफ आउनु भयको थियो
हजरत बिलाल ए हब्सी (رضي الله عنه )कि जौजा(श्रीमती ) को नाम हिन्द हो
हजरत बिलाल ए हब्सी (رضي الله عنه )ले जंग ए बदर लगायत अरु केहि लडाइमा पनि सहभागिता जनाउनु भयको छ
तेस्तै जंग ए बदरमा हजरत बिलाल ए हब्सी (رضي الله عنه )ले आफ्ना पुर्व मालिक उमय्याह इब्न खलाफलाइ मार्नु भयको थियो
हजरत बिलाल ए हब्सी (رضي الله عنه )इस्लाम का पहिला मुवाज्जिन(अजान भन्ने वाला) हुनुहुन्छ तेसैले वहालाइ मुवाज्जिन ए अवाल पनि भनिन्छ
२ हिजारीमा जब हजरत उमर ए फारुक (رضي الله عنه )ले सम्पूर्ण ब्रह्माण्डका निम्ति कृपा-पात्र नबि ए करीम (صلى الله عليه وسلم)संग मुसलमानहरुलाई नमाजका निम्ति एकजुट गराउन अजान दिने सल्लाह गर्नु भयो
अनि नबि ए करीम (صلى الله عليه وسلم)ले हजरत बिलाल ए हब्सी (رضي الله عنه )लाइ मुवाज्जिन बनाउनु भयो
हजरत बिलाल ए हब्सी (رضي الله عنه )सदैव नबि ए करीम (صلى الله عليه وسلم)साथै मा हुनुहुन्थ्यो मस्जिदे ए नवाबी या मस्जिद ए कुबा यात् यात्रामा नै किन नहोस
जब मक्का मुकरमा विजय हासिल भयो अनि हजरत बिलाल ए हब्सी (رضي الله عنه ) ले काबातुल्लाहमा अजान दिनु भयो
नबि ए करीम (صلى الله عليه وسلم)ले हजरत बिलाल ए हब्सी (رضي الله عنه )लाइ आफ्नो खजांची(कोषाध्क्ष ) बनाउनु भयको थियो जब कुनै गरिब या केहि चाहियाका मानिस दरबार ए नवाबीमा उपस्थित हुन्थे तब नबि ए करीम (صلى الله عليه وسلم)ले हजरत बिलाल ए हब्सी (رضي الله عنه )लाइ उसका माग हरु पूर्ति गर्ने आज्ञा दिनु हुन्थ्यो अनि हजरत बिलाल ए हब्सी (رضي الله عنه ) ले उक्त आज्ञा पुरा गर्थे
एक चोटी नबि ए करीम (صلى الله عليه وسلم)ले फज़रको समयमा हजरत बिलाल ए हब्सी (رضي الله عنه ) सोध्नु भयो कि "ये बिलाल यो भन कि इमान ल्याय पश्चात तिमीले के तेस्तो असल कार्य गरेउ जुन अरु असलकार्य भन्दा बडी छ किनकी मैले यो खुसीको खबर सुने कि तिमि जन्नत (स्वर्ग) जाने वाला छौ "
अनि वहा हजरत बिलाल ए हब्सी (رضي الله عنه )ले भन्नु भई " या रसुलल्लाह (صلى الله عليه وسلم) मलाइ कुनै तेस्तो असल कार्यको याद छैन "केहि बेर पश्चात"ये मेरो आका जब म वुजु गर्दछु चाहे दिन होस् या रात तुरुन्त म तहयातुल वुजुको नमाज पढने गर्दछु र जब कुनै पनि बेला मेरो वुजु तोडिन्छ म तुरुन्तै नया वुजु गर्दछु "
नबि ए करीम (صلى الله عليه وسلم)ले भन्नु भयो" ये बिलाल यहि त्यो असल कार्य हुन् सक्छ जसले मैले त्यो खुसीको समाचार पाय "
नबि ए करीम (صلى الله عليه وسلم)को पर्दा पश्चात हजरत अबु बकर सिद्दिक (رضي الله عنه )को अनुरोधमा हजरत बिलाल ए हब्सी (رضي الله عنه ) मदिना मै बस्नु भयो
तर नबि ए करीम (صلى الله عليه وسلم)को पर्दा पश्चात हजरत बिलाल ए हब्सी (رضي الله عنه ) ले हजरत उमर ए फारुक (رضي الله عنه )को पालामा आफु जिहादमा जाने इक्षा राख्नु भयो हजरत उमर ए फारुक (رضي الله عنه )ले वहालाई मदिनामा नै बस्ने अनुरोध गरे तर हजरत बिलाल ए हब्सी (رضي الله عنه )ले मान्नु भयन अनि मुलक ए शाम (शिरिया) तिर प्रस्थान गर्नु भयो
अमीरुल मोमेनिन हजरत उमर ए फारुक (رضي الله عنه ) जब जेरुसलम जानु भयो जहा हजरत बिलाल ए हब्सी (رضي الله عنه ) हुनुहुन्थ्यो र त्यहा
अश्हाबाको अनुरोधमा हजरत उमर ए फारुक (رضي الله عنه ) ले हजरत बिलाल ए हब्सी (رضي الله عنه )लाइ अजानका निम्ति अनुरोध गर्नु भयो
पहिले मान्नु भयन तर जब वहाले अजान दिनु भयो सम्पूर्ण अश्हाबाहरुलाई नबि ए करीम (صلى الله عليه وسلم) को जाहिरी जिन्दगि को याद आयो
विसाल (मृत्यु)=हजरत बिलाल ए हब्सी (رضي الله عنه ) को विसाल 21 Moharram 18 Hijri (2 March 640 C.E.) का दिन ६० बर्ष को उमेर मा भयको थियो
वहाको मजार दमस्कस(सिरिया,शाम) मा "बाबुउस सघिर" मा रहेको छ
*******************************************************************
अल्लाह त्आला हामीलाई पूर्ण मुहब्ब्त ए रसुल (صلى الله عليه وسلم) गर्ने वाला बनाओस सम्पूर्ण मुसलमानको इमानलाइ सदैव सहि राखोस सम्पूर्ण मुसलमानले सदैव असल कार्य गर्ने सद-बुद्धि प्रधान गरोस भन्दै मेरो यो लेखाइमा कही कतै कुनै गल्ति भयको रैछ भने कृपया मलाइ एक मुसलमान भाइ सम्झी खबर गरि दिनु होला र अल्लाह त्आला संग माफ माग्दछु कि लेखाइमा कहिँ कतै गल्ति भयमा
****أسْتَغْفِرُ اللهَ رَبي مِنْ كُلِ ذَنبٍ وَأتُوبُ إلَيهِ********

No comments:
Post a Comment