[Latest News][6]

10

Translate

कबर लाई सज्दा गर्नु को बयान(लेखक साजिद मियाँ , बरेली शरिफ जामियातुल रजा)

सर्वप्रथम त यो कुरा जान्नु अत्यन्तै आवश्यक छ कि सज्दा भनेको के हो ? यस्का कति ओटा किस्म छन ? र यो पनि जान्न जरुरी छ कि कसैको अगाडि झुक्नु को एह्काम के हुने गर्दछ ? यस्ले यो एतेराज आफै समाप्त हुनेछ ।
शरियत अनुसार सज्दा यो हो कि भुमी माथि सात भाग लागोस् । दुवै हात दुवै घुडा दुवै हत्केला , नाक र निधार र यस्मा सज्दा को नियत पनि होस् । हेर्नुस साधारण फिक्ह को किताब किताबुस्सलात बेहेष सज्दा - यदि सज्दा को नियत बिना कुनै व्यक्ती जमिन मा उल्टो प्रकार ले पल्टेन्छ भने त्यो सज्दा हुन्न । जस्तो कि बिरामी या जाडो को समयमा उल्टो परेर पल्टीइन्छ । सज्दा दुई प्रकार को हुने गर्दछ; आदरको लागि गरिने सज्दा (सज्दा ए ताजिमी) जुन कुनै व्यक्ती संग भेट हुदा गरिने र अर्को पुजाको लागि गरिने सज्दा (सज्दा ए इबादत) जुन केवल खुदा को लागि मात्र गरिन्छ ।
सज्दाए इबादत अल्लाह बाहेक अरु लाई गर्नु शिर्क हो । कुनै नबि को समय मा मानिनिय (जाइज) भएन । किन कि हरेक नबि ले तहिद कै आदेश लिएर आए । सज्दाए ताजिमी भने हजरते आदम अलैहिस्सलाम को समय देखि हाम्रो नबि सल्लल्लाहु अलैही वसल्लम को समय सम्म जाइज रह्यो । फरिस्ता हरुले हजरते आदम अलैहिस सलाम लाई सज्दा गरे । हजरते याकुब र सम्पुर्ण हजरते युसुफ अलैहिस सलाम का दाजु हरु ले युसुफ अलैहिस सलाम लाई सज्दा गरेका थिए ।
तफ्सिर रुहुल बयान पारह 12 शुरह हुद मा आयत वकिल बअदल लिल्कौमीज जालिमिन मा हजरते आलिया संग एउटा रवायत नकल गर्छन कि हजरते नुह अलैहिस सलाम को समय मा सैतान ले जब तौबा गर्न चाह्यो तब हजरते नुह अलिहिस सलाम लाई आदेश भयो कि शैतान लाई हजरते आदम अलैहिस सलाम को कबर लाई सज्दा गर्ने आदेश देउ तब सैतान ले भन्यो कि जब मैले आदम अलैहिस सलाम लाई उन्को जीवन मा सज्दा गरिने अब उनको कबर लाई के गर्थे । तब इस्लाम ले सज्द ए ताजिमी लाई हराम घोषित गर्यो ।
हराम घोसित गर्यो मुश्रिक र काफिर होइन । यदि कबर लाई इबादत को नियत ले सज्दा गर्यो भने कुफ्र र आदर को नियत ले सदा गर्यो भने कुफ्र हुदैन तर गुनेह्गार हुनेछ । रह्यो कुनै गैर को अगाडि झुक्नु यस्को पनि दुई पाट हुने गर्दछ म पहिलो यो कि आदर को नियत ले झुक्नु जस्तै कि झुकेर सलाम गर्नु , अथवा कुनै व्यक्ती को अघि को जमिन चुम्नु यदि यो रुकुअ को हद सम्म पुग्छ भने हराम हुने गर्दछ त्यसैले फुकहा हरु ले यो कार्य बाट रोकेका हुन् । र दोश्रो यो कि झुक्नु अरु कुनै कार्य को लागि र त्यो काम जुन ताजिम को लागि गरिन्छ अर्थात कुनै बुजुरुग को जुत्ता सिधा गर्न को लागि होस् या पाउ चुम्नको लागि होस् या अन्य कुनै उहाँ को आदर को लागि होस् जाइज छ । देओबन्दि हरु को आलिम मौलवि रशिद अहमद ले पनि पाउ चुम्नु जाइज भन्थियो ।
अत: थाहा भयो कि उनिहरुले कबर अघि झुकेर चुम्ने कार्य लाई नबुझेर सज्दा संग जोड्ने गर्दछन । कबर लाई चुम्नु जाइज छ । इबादत को नियत ले कबर लाई सज्दा गरे शिर्क र ताजिम को नियत ले गरे हराम हुने गर्दछ । ( किताब - जा-अल-हक)

लेखक:साजिद मियाँ , बरेली शरिफ जामियातुल रजा 

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search