[Latest News][6]

10

Translate

कुरबानिका मसाइलहरु


 ##############السَّلاَمُ عَلَيْكُمْ وَرَحْمَةُ اللهِ وَبَرَكَاتُهُ##############


सर्वप्रथम देश तथा परदेशमा रहनु हुने सम्पूर्ण इस्लामिक दाजु-भाइ तथा दिदि-बहिनीलाई आउदै गरेको पबित्र चाड इद उल अजहा(कुर्बानी )को धेरै धेरै शुभकामना वेक्त गर्दछु। 

कुर्बानी सम्पति खर्चेर गरिने एउटा पबित्र चाड हो। जुन हजरत इब्राहिम अलेही सलामको सुन्नत पनि हो। अर्थात कुर्बानी त्यो वेक्ती माथि अनिवार्य छ। जुन सहिब ए निसाब छ। हाम्रो संज अनि गाउ घरमा अझै पनि कति यस्ता कुराहरु छन् जुन हामीले कुर्बानी सम्बन्धित ज्ञान राख्दैनौ। 

यसैलाई मध्यनजर गर्दै आज म हजुर समक्ष ति मसाइलहरु प्रस्तुत गर्ने जमर्को गर्दै छु जसलाई हामीले एकदम हल्कामा लिने गर्दछौ जुन कुरा शरियतले अनिवार्य गरेको छ।  हामीले तेसलाई जानेर हो या नजानेर गर्दैनौ या गर्न चाहदैनौ हेरौ ति कुरा हरुलाइ 


##निसाबको वर्णन 

जुन वेक्ती २०० दिरहाम (साढे ५२ तोला अर्थात् ६१२ ग्राम चादी जसको नेपाली मुल्य आजको हिसाबमा ७१ हजार कम्व बेस पर्दछ ) या २० दिनार (साढे ७ तोला अर्थात ८७ ग्राम जसको नेपाली मुल्य लगभग ६लाख पर्दछ ) को मालिक या भनौ धनि या हाजत (दैनिकी मा प्रयोग गरिने अत्तिआवसेक समानहरु ) भन्दा कुनै अरु बस्तुको मालिक जसको मुल्य २०० दिरहाम (साढे ५२ तोला अर्थात् ६१२ ग्राम चादी जसको नेपाली मुल्य आजको हिसाबमा ७१ हजार कम्व बेस पर्दछ ) उ गनी (धनी ) हुने छ अब उसलाई कुर्बानी गर्नु अनिवार्य भयको छ। 


##हाजत ए अस्ल्लियाह 

अर्थात् बस्ने घर दैनिकी प्रयोग गरिने खान-पिनका चिजहरु जुन अत्ति -आवश्यक छ अनि यात्रामा प्रयोग हुने चौपाया ,नोकर, साथै लगाउने कपडाहरु यीबाहेक अरु कुनै चिज बडी छन् भने ति हाजत ए अस्लियाहमा पर्दैन ती हाजत ए अस्लियाहबाट बाहिर छन्। 


##त्यो वेक्ती माथि दैन(ऋण) रहेको छ र उसको सम्पति त्यो ऋण भन्दा कम छ भने जस्तै हाल उसको ऋण ६०  हजार रहेको छ र हाल उसंग केवल ९०  हजार छ यदि उसले उक्ति ऋण तिर्छ भने उ संग केवल बाकि ३० हजार रहने छ जुन मालिके निसाबका निम्ति पुरा पढ्ने छैन अब उ माथि कुर्बानी अनिवार्य छैन। 


##माल (जिन्सी) यहा अहिले उपलब्ध छैन र अय्याम ए कुर्बानी (कुर्बानीको ति बिशेष तीन दिन १०,११,१२ जुल हिज्ज ) पश्चात उक्त माल(जिन्सी) उसलाई प्राप्त भयो भने अब उ माथि कुर्बान्नी अनिवार्य छैन। 


##मालिक ए निसाब ले कुर्बानीका निम्ति एउटा पशु किनेको थियो तर उक्त पशु हरायो अब उक्त वेक्तीको धन मालिक ए निसाब भन्दा कम भयो अनि कुर्बानीको दिन आयो अब प्रति यो अनिवार्य छैन कि अर्को कुनै पशु किनेर कुर्बानी गरोस। 

र यदि कुर्बानी कै दिन हरायको उक्त पशु तेही दिन भेटियो भने अब पनि उक्त वेक्ती मालिक ए निसाब छैन भने उ माथि कुर्बानी अनिवार्य रहदैन। 


##एउटा घर जाडो का निम्ति अर्को घर गर्मि का निम्ति यी हाजत (अत्ति-आवसेक ) भित्र पर्दछन। अब यो भन्दा पनि बडी घर छन् जुन हाजत भन्दा बाहिर छन् भने उक्त घर २०० दिरहाम (साढे ५२ तोला अर्थात् ६१२ ग्राम चादी जसको नेपाली मुल्य आजको हिसाबमा ७१ हजार कम्व बेस पर्दछ ) भन्दा माथि छ भने त्यो वेक्ती माथि कुर्बानी अनिवार्य छ। 


##हाजत भन्दा बडी घरहरु छन् ति घरहरुको मुल्य निसाब सम्म पुगेको छ भने कुर्बानी गर्नु अनिवार्य छ चाही त्यो घर भाडामा दियको होस् या खाली रहेको होस्। 


#गर्मि र जाडो को बिस्तरा हाजत भित्रै पर्दछन र तेस्रो बिछौना जुन हाजत भन्दा बडी रहेको छ तेसको हिसाब गरिने छ हजात भन्दा बडी को। 


##कुनै संग दुइटा गाडी छन् यदि एउटाले उसको हाजत (आवसेकता) पुरा हुन्छ र अर्को बडी रहेको छ भने र यदि अर्को को मुल्य निसाब सम्म पुग्छ भने उ माथि कुर्बानी अनिवार्य हुन्छ। 


###यदि कसैसंग दुइटा मोटर साइकिल छन र एउटा मोटर-साइकिल बाटै उसका हाजत पुरा हुन्छा भने दोस्रो मोटर-साइकिल हाजत भन्दा बाहिर छ अर्थात् यदि त्यो मोटर-साइकिल को मुल्य निसाब सम्म पुग्छ भने उक्त वेक्ती माथि कुर्बानी अनिवार्य छ। 


###भाडा-कुडा कुनै प्रयोगमा छन् र कुनै तेसै राखिएका छन् भने राखिएको भाडा बडी छन् अर्थात हाजत बह्दा बाहिर छन् तेस्का पनि हाजत भन्दा बाहिर गणना गरिने छ। 


######टि.बि विडियो क्यामरा आदि इत्यादि हाजत ए अस्लियाह भित्र पर्दैनन। अब यदि यस्ता बस्तु हाजत भन्दा बडी मुल्यका छन् भने ति बस्तु धनि प्रति कुर्बानी अनिवार्य छ। 


###फिरिज,वासिंग मेसिन ,मिक्सर  आदि इत्यादि हाजत ए अस्लियाह भित्र नै पर्दछन। 


####घर भित्र लगाउने कपडा र काम मा जादा लाउने कपडा अनि जुम्मा पढदा लगाउने कपडा इद र चाड पर्व मा लगाउने कपडा र अरुकुनै प्रोग्राममा जादा प्रयोग गरिने कपडा यो सबै हाजत ए अस्लियाह भित्र पर्दछ। 

यदि यी बाहिक का अरु कुनै कपडा २०० दरहाम भन्दा बडीका छन् भने उक्त वेक्ती प्रति कुर्बानी अनिवार्य छ। 


####यदि कसैसंग केहि धेर भाडा छन् तर निसाब सम्म पुग्दैन भने या केहि धेरै कपडा छ जुन निसाब सम्म पुग्दैन भने या धेर गाडी छ जुन निसाब सम्म पुग्दैन भने तर यी सबै बस्ति मिलेर निसाब सम्म पुग्छ भने उ प्रति कुरबानी अनिवार्य छ। 


####कसैसंग खेत छ र उसको मुल्य निसाब सम्म पुग्दछ भने उ प्रति कुर्बानी अनिवार्य छ। 


###यदि शुरुवाती समयमा कुनै वेक्ती प्रति कुरबानीका सर्त (नियम) हरु पाइयन तर कुरबानीको अन्तिम अन्तिम समयमा उक्त वेक्ती माथि कुर्बनिका सर्त पाइयमा उ माथि कुर्बानी अनिवार्य छ। 


####यदि शुरुवाती समयमा कुनै वेक्ती माथि कुर्बानीका सर्त भेटियो र उ माथि कुर्बानी अनिवार्य भयो तर अनितम अन्तिम समय उक्त वेक्ती माथि कुर्बनिका कुनै सर्त देखियन भने उक्त वेक्ती माथि कुर्बानी अनिवार्य  हुदैन। 


###यदि कुनै फकिरले कुर्बानी  गर्यो (उसको कुरबानी गर्ने इक्ष्याले ) तर कुर्बानीका केहि दीन अझै बाकि नै थियो र तेही समयमा उक्त फकिर गनी (धनि) मालिके ए निसाब भयो भने पुन उ प्रति कुर्बानी गर्नु अनिवार्य भयो। जुन उसले पहिले कुर्बानी गरेको थियो त्यो अनिवार्य थियन तर जब उ निसाबमा पुग्यो उ प्रति कुर्बानी अनिवार्य भयो। 


####यदि मालिक ए निसाब हुदा हुदै पनि कुर्बानी गरेन र कुर्बानीको समय सकियो र उ फकीर भयो भने उसले बाख्राको मुल्य बराबर सद्का (दान) गर्नु वाजिब (अनिवार्य) छ 


####धेरै वेक्तीहरु माझ कुनै समानको भाग-बण्डा हुदै छ र हरेक वेक्तीलाइ निसाब बराबर समान परेको छ भने उक्त वेक्ती प्रति कुर्बानी अनिवार्य छ। यदि हरेको को भागमा निसाब भन्दा थोरै छ भने कसै माथि कुर्बानी वाजिब अनिवार्य छन्। 


####यदि मालिक ए निसाब बिना कुर्बानी गरि तेही दिनमा वफात(मृत्यु) भयो भने उसको कुर्बानी साकित भयो। 


#####यदि घरका हरेक वेक्ती मालिक ए निसाब छन् भने हरेक प्रति कुर्बानी गर्नु वाजिब अनिवार्य छ। 

यो मसाइल हाम्रो समाज अनि गाउ घरमा धेरै पहिला देखी छकि घरको मुलिले एउटा कुर्बानी गर्यो भने सम्पूर्ण घरका मालिक ए निसाबका निम्ति पनि पूर्ण हुन्छ भन्ने तर यो कतापी होइन जुन घरमा मालिक ए निसाब पुगेका वेक्ती हरु छन् ति सम्पूर्ण वेक्ती प्रति कुर्बानी गर्नु वाजिब अनिवार्य छ अब ति चाहि लोग्ने मान्छे हुन् या आइमाई सबै प्रति कुर्बानी अनिवार्य छ। 

तसर्थ समयमा नै हामीले हाम्रा घरका परिवारका हरेक वेक्ती मालिक ए निसाब पुग्छन कि पुग्दैन् हिसाब गरौ अन्येथा सवाब कमाउने ठाउमा कतै गुनाहका भागिदार त हुदै छैनौ!!!!!!!!!!!!!!

पुनश्च =माथि उल्लेखित सम्पूर्ण मसाइल मेरो आफ्नो वेक्तिग्त बिचार नभई किताब ; फजाइल व मसाइल इद उल अधा व कुर्बानी जसका लेखक अल्लामा मौलाना हाफिज व कारी मुफ्ती मुहम्मद अख्तर कादरी रज्वी सहाब किबला बाट  अनुवाद गरिएको हुदा यदि कसैलाई केहि जिज्ञाशा राख्नु छ केहि सोध्नु छ भने कृपया मलाइ सम्पर्क गर्नु होला 

सम्पर्क नम्बर =९८४६६५१३१६



About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search