अबाबिल के हो ? अन्तिम भाग
अबराहले यमनको राजधानिं "सना"मा एउटा भब्य र निकै ठुलो गिर्जाघर निर्माण गरेको थियो ।
उसले हरेक साल संसारबाट हजारौको संख्यामा खाना ए काबालाइ तवाफ गर्न मान्छेको ताती देखेको हुन्थ्यो । उसलाई यो इक्ष्या उत्पन्न भयो कि मेरो गिर्जाघरमा पनि हरेक बर्ष यसरीनै मान्छेको ओइरो लागुन तवाफ "का निम्ति भन्ने यसलाई पनि खाना ए काबाकै झैँ सम्मान र इज्ज़त दिउन भनि तर बिडम्बना अबराहकै आफ्ना जनतानै खान ए काबामा तवाफका निम्ति जान्थे अर्थात कतिलाइ उसको यो कुराले चित्त बुझेको थियन ।
जब अरबका बासिन्दामा यो कुरा फैलियो अरब-बासीहरु रिसले चुर भय । अरबकै एक कबिला "कबिलाए किनान " का एक अरबी बासिन्दालाइ उक्त कुराले निक्कै पारो तताएको थियो ।रिस रागमा रापिदै उक्त वेक्ती त्यो गिरिजा-घरमा गइ तथानाम कार्य गर्न थाल्यो भत्काउन थाल्यो यहाँ सम्मकी उक्त गिर्जाघरमा शौच सम्म गरिदियो ।
जब अबराहले उक्त कुरा सुन्यो उ रिसले चुर हुदै मक्कामा चढाई गरि खान ए काबालाई तोड-फोड गर्यो योजना बुन्दै हजारौको संख्यामा आफ्ना दल-बल सहित हाथी,घोडा,उट लगायत लडाइमा प्रयोग हुने हातहतियार सहित वादीए (क्षेत्र)मक्कामा प्रवेश गर्यो ।
अबराह्का फौजले सर्वप्रथम मक्का-बासिहरुका चौपायाहरुलाई आफ्नो अधिनमा लिए जसमा हजरत अब्दुल मुत्ल्लिब ( वहा हाम्रा प्रिय अन्तिम नबि वहा माथि शान्ति होसका हजुर बुवा लगायत कबिला ए कुरैशका मुखिया पनि हुनु हुन्थ्यो । कबिला ए कुरैश अरबको निक्कै इज्जत्दार,असल र सम्मानजनक कबिला थियो नहोस पनि किन नबि ए रहमतको निसबत जो थियो ) २००-४०० उठ पनि रहेको थियो ।
हजरत अब्दुल मुतल्लिब उक्त घटनाले निक्कै चिन्तित हुनु भयो ।वहा यहि सिलसिलामा कुरा गर्न अबराहको फौज भयको ठाउमा उपस्थित हुनु भयो ।
जब अबराहले सुन्यो कि मक्काका ति लोकप्रिय ,बहादुर अनि ख्यातिप्राप्त कबिलाका मुखिया आफुलाई भेटन आउदै छन उ उठेरै हजरत अब्दुल मुतल्लिब भयको ठाउमा पुगी बडो स्वागत-सत्कारका सात आफ्नो खेमा( टहरा)मा ल्याई आफ्नै बराबरीमा बसाइ सोध्न थल्यो "भन्नुस ए सरदार ए कुरैस के कति कामले पाल्नु भयो "
हजरत अब्दुल मुतल्लिब भन्नु हुन्छ "मलाइ मेरा उठ लगायत ति सम्पूर्ण चौपायाहरु फिर्ता दिनु पर्यो जसलाई हजुरका सैनिक हरुले बाधेका छन् "
हजरत अब्दुल मुतल्लिबको उक्त कुराले अबराह अचम्मित हुदै पुन सोध्छ "ए सरदार ए मक्का के हजुरलाई थाहा छैन म कुन उदेश्यले मक्कामा प्रवेश गरेको हु ?के तपाईलाई खाना ए काबा(अल्लाहको घर)को चिन्ता छैन ?मलाइ लागेथ्यो कि तपाइँ सायद यसै संग सम्बन्धित कुरा लियर आउनु भयको थियो तर तपाइँत आफ्ना चौपायाका निम्ति आउनु भयको रैछ । मैले तपाईलाई धेरै बहादुर अनि निक्कै निडर सम्झेको थिय।"
हजरत अब्दुल मुतल्लिबले प्रति-उत्तर दिदै भन्नु हुन्छ " ए अबराह उक्त कुरा तपाइँ जान्नुस अल्लाह पाक जान्ने छ ,म को हु र तपाईसंग अल्लाह पाकको घरका निम्ति अनुरोध गर्ने ।
मेरो अधिनमा अल्लाह पाकले मेरो चौपाया प्रदान गर्नु भयको छ । जसको सुरक्षाको जिम्मा मेरो हो ।खाना ए काबा मेरो अल्लाह पाकको घर हो र त्यो घरको सुरक्षा स्वयम अल्लाह पाकले गर्न जान्नु भयको छ यसमा मलाइ कुनै चिन्ता छैन ।"
उक्त सम्बाद पश्चात अबराहले आफ्नो सैनिकका अधिनमा रहेका सम्पूर्ण चौपाया (जुन अरब-बासिका थिय)लाइ मुक्त गरिदिन्छ ।
अनि हजरत अब्दुल मुतल्लिब सम्पूर्ण चौपायालाइ लिइ मक्का तर्फ प्रस्तान गर्नु हुन्छ ।
जब मक्कामा प्रवेश गर्नु हुन्छ ज-जसको चौपाया हो बुझाइ मक्का-बासीलाई सम्बोधन गर्दै भन्नु हुन्छ "ए मेरा मक्का-बासि हो आ-आफ्ना परिवार लगायत चौपायाहर लाइ साथ् लगाई मक्का बाहिर रहेका ति ठुला ठुला पहाडको सिखरमा गइ केहि दिनका निम्ति लुकेर बस्नु "
मक्का -बासीलाई उक्त कुरा भन्दै आफु स्वयम आफ्ना केहि भाइ-भतिज साथ लगाई खान ए काबा तरफ लाग्नु हुन्छ ।जब वहा खाना ए काबाको ढोकामा पुग्नु हुन्छ ।ढोकालाइ समाई बडो विनम्रताका साथ् गह-भरि आसु लिदै बारगाहे खुदा बन्दमा यो दुवा गर्नु हुन्छ "हे सर्वशक्तिमान ,हे जगतका पालन-हार अवस्य सबैजनाले आफ्नो घरको सुरक्षा आफै गर्छन ,हे अल्लाह पाक तपाइले पनि आफ्नो घरको रक्षा ग्गर्नु होला"
यति भन्दै हजरत अब्दुल मुतल्लिब आफ्ना भाइ-भतिजालाई साथ लगाई पहाडीको चुचुरोमा लग्नु भयो अनि प्रतीक्षा गर्नु भयो अजाब ए इलाहिको
जब बिहान अबराह खाना ए काबामा आफ्ना दल-बल हाती ,घोडा र हातहतियार सहित प्रवेश गर्यो उसका सैनिक केहि पाइलामात्र के सारेका थिय स्वयम् अबराह चढेको हाती जसको नाम "महमुद" थियो ।
भुइमा थचक्क बसिदियो यसलाई उठाउन अनेकौ प्रयत्न तथा यातना दीइयो तर यो हाथि उक्त ठाउबाट डेक चलेन । अल्लाह पाकको करिश्मा उक्त अवस्थामानै यो फौजमा अल्लाह पाकको अजाब प्रकट भयो ।
खाना ए काबाको पश्चिमबाट एउटा चराको झुण्ड का झुण्ड (अबाबिल)पुरै आकासनै छोपिने गरि अबराह्का ति दल-बल लगायत हाथि,घोडाका माथि मडारिन थाले हरेक अबाबिल को पन्जा अनि मुखमा तिन,तिन वटा स-साना ढुंगा थिय (अब आफै अनुमान लगाउनुस कि एक त गौथली तेसमा पनि कति वजनको ढुंगा उठाय होलान यदि अल्लाह पाक चाहे कसै संग पनि आफ्नो कार्य गराउन सक्छ )
जब अबाबिलले आफुसंग लियर आयका ति स-साना ढुंगा अबराह्का फौजमाथि बर-साउन थाले ति स-साना ढुंगाले सैनिकको टाउको चिरी उक्त सैनिक सवार हाथि समेतलाई चिर्दै शरीरका अंगलाई छेद-बिच्छेद गर्दै मार्न थाले ।अबराह्का फौज यसरि मरियाका थिय कि हरेक मृतकका शरिरका अंगहरु एक एक गरि छुटियर विभाजित भयका थिय।
यसरि अल्लाह पाक प्रति दुस्मनी लिनेको अन्त्य कसरि हुन्छ । त्यो यो वाकियाले बताउछ अनि कुनै
पनि प्राणि तुच्छ हुदैन यो सिक पनि यो वाकियाले दिन्छ किनकि एउटा "गौथली" जस्तो सानो चराले हजारौको संख्यामा आयका ति फौज लगायत हाथि,घोडा समेतलाई मार्न सक्षम हुने रैछन यदि अल्लाह पाक चाह्यो भने भन्ने कुरा पनि यो वाकियाले दर्साउछ तसर्थ अल्लाह पाकका कुनै पनि मख्लुकलाइ सानो र तुक्छ जान्ने प्रयत्न कतापी नगरौ अन्येथा यसको परिणाम यस्तै हुन् सक्छ ।।
अल्लाह पाक मेरो यो लेखमा कहिँ कतै कुन गलत रहेको छ भने मलाइ आफ्ना प्रिय नबिको जरिया बाट मुवाफ गरिदिनु हुन्छ भन्ने आशा राख्दछु ।
अस्तग्फेरुल्लाह रब्बेमिन कुल्ली जम्बिउ।

No comments:
Post a Comment