💕सलातो सलाम 💕💕
उत्तर - नमाजका सम्पूर्ण दुवा (प्राथना ) सर्त,अनि अवस्थाहरु शरियतको तर्फबाट लागु गरियको छ । यसमा कुनै प्रकारको स्व-विवेक प्रयोग गर्ने अनुमति हाम्रो शरियतले प्रदान गरेको छैन ।
तसर्थ मिलादुन नबि (वहा माथि शान्ति होस) लाइ नमाज संग तुलना गर्नु गलत हो ।किनकि आवशेक छैन कि यदि नमाजमा बसेर सलातो सलाम पढिन्छ भने मिलाद शरिफमा पनि बसेरै सलातो सलाम पढौ ।
याद राख्नुहोस् !!! नमाजमा कुर-आन मजिद उठेर पढिन्छ (शुरे फातिहा अनि कुनै एक सुराह ) तेस्तै नमाजमा रुकु(झुक्नु), सज्दा या बसेको अवस्थामा कुर-आन मजिद पढने अनुमति छैन। अब कुनै वेक्तिले यो भन्न सक्छ कि ? नमाजमा कुर-आन मजिद उठेर पढिन्छ तसर्थ कुर-आन मजिदलाइ उठेरै पढनु पर्छ ।
यसै प्रकारले तस्बिह (शुब्हा-न-रब्बियल अजिम) (शुब्हा-न-रब्बियल आला) नमाजमा रुकु र सज्दाको अवस्थमा पढिन्छ । के अब कुनै वेक्तीले यो भन्न सक्छ कि !!!! नमाजको अवस्थामा तस्बिह रुकु र सज्दाको अवस्थामा पढिन्छ तसर्थ अरु बेला तस्बिह पनि रुकु अनि सज्दामा नै पढनु पर्छ !!!!
जब कुर-आन मजिदका पबित्र शुराह अनि नमाजका ति रुकु र सज्दा बारे यस्तो भन्न सकिन्न भने कसरि सलातो सलामका बारे यस्तो भन्न र सोचन सकिन्छ कि नमाजमा सलातो सलाम बसेर पढिन्छ तसर्थ मिलाद शरिफमा पनि किन बसेर पढिनन भन्ने कसरि सहि होला र ?
जब स्वयम् अल्लाह पाकले कुर-आन मजिदमा वर्णन गर्नु भयको छ ।
اِنَّ اللّٰہَ وَ مَلٰٓئِکَتَہٗ یُصَلُّوۡنَ عَلَی النَّبِیِّ ؕ یٰۤاَیُّہَا الَّذِیۡنَ اٰمَنُوۡا صَلُّوۡا عَلَیۡہِ وَ سَلِّمُوۡا تَسۡلِیۡمًا ﴿۵۷﴾
"अवस्य !! अल्लाह पाक र उनका फरिस्ताहरु वहा (गैब) का कुरा भन्ने नबि (वहा माथि शान्ति होस्) प्रति दरुद पठाउछन् | तिमीहरु पनि वहा प्रति धेरै भन्दा धेरै दरुद र सलाम पठाउने गर" (अल-अज्हाब,३३ -५७)
यो आयाते करीमामा दुरुद र सलाम पढनका निम्ति कुनै किसिम अवस्था,कुनै बेला, कुनै प्रक्रिया ,कुनै ठाउ र कुनै समय तोकिएको छैन । साधारण आज्ञा रहेको छ जति बेला सक्छौ उतिबेला पढ ,जति सक्छौ पढ ,जति बेला चाहन्छौ पढ ,जसरि सक्छौ पढ ,दिन को समयमा पढ। रातको समयमा पढ !!!
अजान दिनु भन्दा पहिले पढ या अजान दिए पश्चात पढ ,नमाज पश्चात पढ या नमाज अघि, दुवा को अघि पढ या दुवा गरे पश्चात पढ ,बसेर पढ या उठेर पढ ,कुनै प्रोग्राममा पहिले पढ या प्रोग्राम को बिचमा पढ या प्रोग्राम को अन्त्यमा पढ ,हेरेक पहर पढ ,हरेक क्षण पढ बल्ल मात्र अल्लाह पाकको आज्ञाको पालना हुन्छ ।
याद राखौ अल्लाह पाकका केहि फरिस्ता हरु उठेर दुरुद र सलाम उठेर पढदछन् केहि फरिस्ता बसेर पढदछन ,केहि रुकुमा को अवस्थामा पढदछन केहि सज्दाको अवसथामा पढी रहेका छन् ।
तर यीनिहरु बीच कहिले यो विवाद रहेन कि सलातो सलाम किन उठेर पढेको । अर्थात साधारण बिषयमा झगडा न गर्नु यो फरिस्ताहरुको तरिका हो ।।।।।
अल्लाह पाक हामी सम्पूर्ण मुस्लिम मोमिनहरुलाई तौबाको तौफिक प्रदान गरुन ,लेख्नमा कुनै प्रकारको गल्ति भयको रैछ भने "अस्तग्फेरुल्लाह रब्बी मिन कुल्ले ज़म्बिउ वोतुब इलैक "

No comments:
Post a Comment