[Latest News][6]

10

Translate

को हो शैतान ?

अल्लाह अज्ज़वज़लले दरका ए सिज्जिनमा दुइवटा आकार बनाउनु भयो
एउटा सापको आकारमा जसको नाम खब्लिस थियो
अर्को स्याल (भेडिया) को अनुहारमा जसको नाम नब्लिश थियो

दुबैजना एक -आपसमा जुफ्ती(मिलाप) हुन् गए
अनि इब्लिशको जन्म भयो
( Maarejun Nabuwwat Jild 1 Safah 15 )

इब्लिशकि बुडीको नाम रासुल हो
( Nuzhatul Majalis 6 Safah 117 )

पहिलो आकाशमा इब्लिसको नाम आबिद थियो
दोस्रो आकाशमा यसको नाम जाहिद
तेस्रोमा आरिफ, चौथोमा वली, पाचौमा ताकी
छैठौमा खाजिन, सातौमा अजाजिल अनि लोह मह्फुजमा इब्लिस रह्यो

यो (इब्लिस) ४०००० बर्ष सम्म जन्नत(स्वर्ग) को खजांची(कोष-अधक्ष्य ) रह्यो
१४००० बर्ष सम्म यसले (इब्लिस) अर्से-आज़मको तवाफ (चक्कर ) गरि रह्यो
८०००० बर्ष सम्म यो (इब्लिस) फरिस्ताहरु संग रह्यो (बस्यो)
जसमध्य २०००० बर्ष सम्म यसले(इब्लिस)ले फरिस्ताहरुलाई ज्ञानका कुराहरु सिकायो
अनि ३०००० बर्ष सम्म कराबिन फरिस्ताहरुको सरदार (मुखिया) रह्यो
साथै १०००० बर्ष सम्म रूहानिन फरिस्ताहरुको सरदार (मुखिया) रह्यो

( Zarqani Jild 1 Safah 59 )

यीनिहरुको एक आपसमा बिबाह पनि हुन्छ बच्चा पनि जन्मन्छन तर तरिका हरु भिन्न भिन्न छन्
कुनै को दाहिने पिढउलामा लोग्ने-मान्छेको गुप्त-अंग हुन्छ
अनि देव्रे पिढउलामा आइमाई-मान्छे को गुप्त-अंग हुन्छ
र स्वयम् सहवास गर्छन स्वयम् बच्चा जन्माउछन
र केहिले दैनिकी अण्डा पार्छन अनि त्यो अन्डाबाट(हरेक एक अण्डा) ७० शैतान र ७० शैतानीयाहरु जन्मन्छन

( Khaazin Jild 4 Safah 176 )
( Umdatul Qari Jild 7 Safah 271 )
( Tafseere Saavi Jild 3 Safah 35 )
( Tafseere Jamal Jild 3 Safah 35 )
( Tafseere Nayimi Jild 1 Safah 174 )

पहिला पहिला शैतान आकासमा जाने गर्दथ्यो अनि त्यहा फरिस्ता हरुको कुरा सुनेर जमिनमा रहेका जादुगर अनि झाड-फुक गर्नेहरुलाई भन्दथ्यो
तर जब देखि हाम्रा आका व मौला , हृदयका प्रशंदाता ,दुखि हरुका दुख हर्ता,सम्पूर्ण जगतका कृपा-पात्र अन्तिम पैगम्बर हजरत मुहम्मद(صلى الله عليه وسلم)को यो संसारमा आगमन भयो तेस्पछी शैतानलाइ त्यहा जान बाट रोकिय
( Mahahibul Laduniya Jild 1 Safah 398 )

हरेक मनुष्य का साथ् एउटा शैतान जन्मन्छ जसलाई हमजद भनिन्नछ
जब कुनै मुसलमान को मृत्यु हुन्छ अल्लाह अज्ज़वज़लले उसको हमजद्लाई बन्दि बनाउछ
तर जब कुनै काफिरको मृत्यु हुन्छ उसको हमजदलाइ बन्दि बनाइदैन् (छोडिन्छ)
यसलाई नै भुत भनिन्नछ
हरेक शैतान हमजद अरु हमजद शैतानका सम्पर्कमा हुन्छन
एउटा जिउदो मान्छे को हमजदले अरु मरेका मान्छे हरुको पुरा जिन्दगीको जानकारी राख्दछ
र कुनै जिउदो मान्छेको मुखबाट यी कुराहरु निकाल्न लाउदछ र बाकि रहेका अरु मान्छेहरुलाई भर्ममा पार्दछ
यसलाई नै कति गुमराह मान्छे हरुले पुनर्जन्म को नाम दिन्छन
Tafseere Nayimi Jild 1 Safah 674 )
( Almalfuz Hissa 3 Safah 28 )

हाम्रा आका व मौला , हृदयका प्रशंदाता ,दुखि हरुका दुख हर्ता,सम्पूर्ण जगतका कृपा-पात्र अन्तिम पैगम्बर हजरत मुहम्मद(صلى الله عليه وسلم) को हमजद या भनौ सम्पूर्ण नबिहरुका हमजदहरु वहाहरुको साथमा रही वहाहरुको असल चरित्ररले गर्दा मुसलमान बने (शुब्हान -अल्लाह)

( Tafseere Nayimi Jild 1 Safah 221)
(Tafseere Alam Nashrah Safah 199 )

इब्लिशको पनाति हम्मा बिन हिम बिन लाकिश बिन इब्लिसले पैगम्बर हजरत मुहम्मद(صلى الله عليه وسلم) को दरबारमा उपस्थित भै वहा माथि इमान ल्यायको थियो
र आफ्नो उमेरको बारेमा भन्यो जब काबिलले हाबिललाइ मरेको थियो तेतिबेला म सानो बच्चा थिय
Kya Aap Jante Hain Safah 484 )
( Khulasatul Tagseer Safah 170 )

छैन त् रोचक

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search