☪️जहन्नम( नर्ग)का सात ढोका☪️
अल्लाह त्आलाले जहन्नमलाइ बनाउनु भयो र तेस्मा सात ढोका तयार गर्नु भयो जस्तै कि अल्लाह त्आलाको मधुर वर्णन छ "तेस्का ढोकाहरु फलामका छन जसमाथि लानत (धिक्कार)को परत चढाईको छ
जहन्नम(नर्ग) को बाहिरी हिस्सा ताम्बाको र भित्रि हिस्सा सिसाको रहेको छ यसको गहिराइमा अजाब(यातना) र उचाइमा अल्लाह तआलाको नाराजगी ( रिसायको ) रहेको छयसको जमिन तांबा ,शिशा ( एक प्रकारको तरल धातु ) ,फलाम र सिसाका छन् यसमा बस्नेहरुका निम्ति तल,माथि.दाया,बाया चारै तिर आग नै आग हुने छ यसका दर्जा (खण्ड) हरु माथिबाट तलको तर्फ रहने छ र सबै भन्दा तलको दर्जा (खण्ड) मुनाफिक हरुका निम्ति रहने छन
हदिस शरिफमा उल्लेख गरियको छ कि नबि ए करीम (صلى الله عليه وسلم)ले जिब्राइल(عليه السلام)संग जह्न्नम (नर्ग)को परिचय अनि तेसको ताप (गर्मि) बारे सोध्नु भयो जिब्राइल(عليه السلام)ले भन्नु भयो "या रसुलल्लाह अल्लाह त्आलाले जह्न्नम बनाउनु भयो र यसलाई हजार बर्ष सम्म बाल्नु भयो अनि यो रातो भयो फेरी पुन हजार बर्षसम्म दहकाउनु भयो तस्पस्चात यो सेतो हुन् गयो फेरी पुन यसलाई एक हजार बर्ष बाल्नु भयो तेस्पछि यो एकदमै कालो निखार कालो र गहिरो हुन् गयो त्यो रब को कसम जसले हजुरलाइ नबि ए बरहक बनाइ यो ब्रह्माण्डमा पठाउनु भयो यदि जह्न्न्मी हरुको एक कपडा यो संसारमा देखाई दिने मात्र हो भने पनि यहा रहेका सम्पूर्ण चिजको अन्त हुने छ यदि जह्न्नमको एक बाल्टी पानि यो संसारको पानीमा मिसाई दिने हो भने मात्र पनि जसले उक्त पानि चाख्ने छ उसको मृत्यु हुने छ र जह्न्नम (नर्ग) को एक टुक्रा साङ्ग्ला जसको उल्लेख अल्लाह त्आलाले कुर-आन मजिद मा यसरि गरेको छ "हर टुकडे कि लम्बाई पुरब से पश्चिम कि तुल (लम्बाई) के बराबर है अगर उसे दुनिया के किसी बडे से बडे पहाड पर रख दिया जाय तो वोह पिघल जायगा और अगर किसी जहन्नमी को जह्न्नम से निकाल कर दुनिया मे लाया जाय तो उसकी बदबू से तमाम मख्लुक फना(खतम) हो जाय "
हजुर नबि ए करीम (صلى الله عليه وسلم)ले जिब्राइल(عليه السلام)संग सोध्नु भयो कि "यो भन कि के जह्न्नम का ढोका हरु हाम्रा घरका ढोका जस्तै छन् ?" जिब्राइल(عليه السلام)ले भन्नु भयो "होइन हजुर त्यो बिभिन्न प्रकारको बनाइयका छन् केहि माथि त् केहि तल छन् र एउटा ढोकाको अन्तर अर्को ढोकासम्म सत्तरी बर्ष को रहेको छ हरेक ढोका पहिलो ढोका भन्दा सत्तरी गुणा तातो छ " हजुरले ति ढोकामा बस्नेहरुका बारे सोध्नु भयो तब जिब्राइल(عليه السلام)ले भन्नु भयो " सबै भन्दा तल्लो ढोका जसको नाम "हाबियाह" हो र यसमा मुनाफिकहरु रहेका छन् जस्तै कि रब त्आलाको कलाम छ "इन्नल मुनाफिकी न --लफिद दरकिल --अस्फली (बेसक मुनाफिक सबसे निच्ले दर्जे मे है ) दोस्रो दर्जाको ढोका को नाम "जहीम"हो जसमा मुशारिक रहेका छन् ,तेस्रो को नाम "सकर"रहेको छ र यसमा साबि रहेका छन् ,चौथौको नाम "लजा" रहेको छ जसमा इब्लिश र तेसका मान्ने वाला हरु रहेका छन् ,पाचौको नाम "हुतमा "रहेको छ र यसमा यहुदी रहेका छन् तेस्तै छैठौको नाम "सइर" रहेको छ र यसमा नसारा रहेका छन् "यति भन्दै जिब्राइल(عليه السلام) चुप लाग्नु भयो
अनि हजुर नबि ए करीम (صلى الله عليه وسلم)ले भन्नु भयो "ऎ जिब्राइल मलाइ सातौ दर्जामा रहेको ढोका बारे र त्यहा बस्नेहरु बारे भन्ने छैनौ ?" जिब्राइल(عليه السلام)ले भन्नु भयो "हजुर नसोधनुस " हजुर नबि ए करीम (صلى الله عليه وسلم)ले भन्नु भयो " भन त् सहि " जिब्राइल(عليه السلام)ले भन्नु भयो "त्यो दर्जामा हजुरका ति उम्मति हरु छन् जो गुनाहे कविरा (ठुला ठुला पाप) मा डुबेका छन् र बिना तौबा (क्षमा-याचना) गरि मरे"
रिवायत -जब यो आयात नाजील भयो
"व ईम --मिनकुम--इल्ला वारिदुहा "हजुर नबि ए करीम (صلى الله عليه وسلم) आफ्ना उम्मतिका निम्ति सारै डराउनु भयो र धेरै रुनु भयो तसर्थ जो वेक्ती अल्लाह त्आलाको कडा पकड र उसको कहरलाइ जानेको छ तेस्लाई यो जरुरि छ कि उ पूर्ण रुपमा डरि रहोस र नफस (इक्क्षा ) हरुको भुल प्रति रोइ रहोस यो भन्दा पहिले कि ति कस्टहरुलाई झेल्नु परोस र त्यो डरलाग्दो ठाउलाइ देखोस,
No comments:
Post a Comment