☪️☪️☪️किन-बेचका केहि नियमहरु☪️☪️☪️
कुनै पनि चिज किन्दा अनि बेच्दा त्यो समानमाथि आफ्नो अधिकार हुन् जरुरि छ यदि यस्तो हुदैन भने तेस्लाई खरिद-बिक्रीमा समाबेश गरिदैन(याद राखौ समान भन्नु त्यो चिज हो जुन किनिन्छ या बेचिन्छ )
📕 बहारे शरीयत,हिस्सा 11,सफह 9
यसै नियम लाइ आधार मानि हाम्रा उल्मा ए हकले शेयर बजारमा पैसा लगाउन नाजायज र हराम (अबैध) करार गरेका छन् किनकी यसमा किन बेच त् हुन्छ तर केवल कागज-पत्रमा मात्रै यहा समान माथि कुनै अधिकार हुदैन र जब समान माथि आफ्नो अधिकार हुदैन तेस्लाई कुन आधारमा किन बेचको श्रेणीमा राख्ने तसर्थ यसमा जब शरिरियतको हुकुम नै लागु भयको छैन अनि यसबाट लियका मुनाफा कसरि हलाल हुन् सक्छ यसैलाई नै आधार मानि उल्मा ए अहले सुन्नतले यसलाई हराम भनेका हुन् (जब कुनै समान खरिद बिक्रि नै नगरी केहि रकम फाइदा को हिसाबले लिइन्छ भने तेस्लाई जुवा भनिन्नछ )
यस्तै कसैलाई घुस दिनु र घुस लिनु यो पनि नाजायज र हराम (अबैध) र जसले यसलाई ठिक हो या सहि हो भन्ने कुरा गर्छ त्यो काफिर हुन् जान्छ
📕 अलमलफूज़,हिस्सा 1,सफह 52
कमिशन को लेन देन यदि झुट नबोली कन र कुनै प्रकार जालसाझी नगरी गरियो भने उक्त कार्य मकरूहे तंज़ीही हुन् जान्छ यानी जायज (बैध) त् छ तर उक्त कार्य झुट अनि जालसाजीमा गरियो भने अब त्यो कार्य हराम अनि नाजायज (अबैध) हुन् जान्छ
यदि अफिम(गाँजा)लाइ औषधिका रुपमा प्रयोग गरिन्छ भने यो जायज (बैध) छ अन्येथा नाजायज (अबैध) हराम छ
📕 अहकामे शरीयत,हिस्सा 2,सफह 181
तर रक्सि औषधिका रुपमा पनि प्रयोग गर्न हराम (अबैध) छ तसर्थ रक्सि खरिद बिक्रि,लेखा जोखा सबै गर्नु हराम छ
नगद तथा उधारोको अलग अलग हिसाब राख्नु जायज छ तर राम्रो मान्निन
📕 अलमलफूज़,हिस्सा 4,सफह 33
तसर्थ यदि कुनै मुसलमानले किस्तामा या उधारोमा कुनै समान बेच्द छ उनीहरुका निम्ति राम्रो यो हो कि उसले दुवै (नगदी अनि उधारी) को रकम किन्ने मान्छेलाइ भन्दियोस र तेही अनुरुप फाइदा लियोस ,इंटरेस्ट भनि या पहिलै नभनी कन किन पापको भागेदारी बन्ने जबकी शरहले उसलाई प्रतेक्ष यसको इजाज़त दियको छ
कुनै पनि समान किन्नु पुर्व हामीले केहि रकम दुकान्दार लाइ दिने गर्दछौ जसलाई हामि बैना भनि चिन्दछौ यदि कारण वस बैना गरेको वेक्तीले तोकियको समयमा उक्त समान खरिद गर्न सकेन भने उक्त बैना भुस हुन्छ यानी दुकान्दारले खान्छ यो एकदमै एकदमै हराम (अबैध) हो दुकान्दारले उक्त बैना सम्बन्धित वेक्तिलाई फिर्ता गर्ने पर्छ
📕 अलमलफूज़,हिस्सा 3,सफह 23
यदि कुनै समानको मुल्य तय भै सकेर खरिद-कर्ताले उक्त समान को आधा रकम दुकान्दारलाइ भुक्तानी गर्दछ र केहि समय पश्चात बाकि को रकम तिरेर उक्त समान लियर जाने कुरा राख्छ तर केहि समय पश्चात उक्त समान को मुल्य बढ्छ भने अब दुकान-दारले उक्त समान जतिमा तय भयको थियो (यानी पहिलेको भाउमा) उक्त समान खरिद-कर्तालाई बुझाउनु पर्ने हुन्छ
📕 फतावा अफज़लुल मदारिस,सफह 125
कुनै पनि चोरी गरियका समान खरिद गर्नु र खरिद गरे पश्चात थाहा पाय पछि तेस्लाई चलाउनु हराम (अबैध) छ
📕 फतावा अफज़लुल मदारिस,सफह 126
यदि कुनै वेक्ती को काम केवल हराम (अबैध) तरिकाले मात्र हुने गर्दछ भने उक्त वेक्तिले कसैसंग सापटी लियर केहि असल कार्य गर्नु जायज छ र अब उक्त वेक्तिले आफ्नो हराम-माल बाट आफ्नो सापटी तिर्न सक्छ तर यस्तो नगरिकन उसले आफ्नो हराम-माल बाट नै कुनै दिनी कार्य गर्दछ र उक्त कार्यबाट सवाब (पुण्य) कमाउने अपेक्ष्या राख्दछ भने हराम (अबैध) अझ यहाँ सम्म छ कि कुनै कुनै उल्मा हरुको निम्ति उक्त कार्य कुफ्र सम्म हुन्छ
📕 अहकामे शरीयत,हिस्सा 1,सफह 110
📕 फतावा मुस्तफवियह,सफह 414
बड़े बिज़नेस के लिए बैंक से लोन लेना और उन्हें इंटरेस्ट यानि सूद देना,यहां मज़बूरी है चुंकि कैश लेने में गवर्नमेंट को कई तरह के सवाल जवाब देने पड़ेंगे और उस पर टैक्स भी काफी लगता है जबकि इस तरह करने में टैक्स में छूट मिल जाती है लिहाज़ा देना मुआफ है मगर सूद लेना किसी सूरत में जायज़ नहीं
📕 फतावा अफज़लुल मदारिस,सफह 130 __
No comments:
Post a Comment