फर्ज, वाजिब, हराम को परिभाषा(लेखक:खालिद सैफुल्लाह अज्हरी )
शरीयतमा हरेक प्रकारको राम्रो, नराम्रो कामहरू का लागी केही कानुनको नियुक्त (मुकर्रर्)गरीएको छ । ती कामहरू को शब्दावली (इस्तेलाहात)मुकर्रर् छन्।किनकी त्यो कामको महत्त्व थाहा होस।।म शरीयत का शब्दावली (इस्तेलाहात)तफ्सील संग लेखदैछू । जसरी कुनै राम्रो काम धेरै नै राम्रो हुन्छ त्यसरी नै कुनै नराम्रा काम हरु धेरै नै नराम्रा हुन्छन् सबै राम्रा काम को विपक्षमा नराम्रा काम उल्लेख गरीएको छ ।
उदाहरण का लागी 👇
1)फर्ज = हराम
2)वाजीब =मक्रुह ताहरीमी
3)सुन्नते मुअक्कीदा =असाअत
4)सुन्नते गैरे मुअक्कीदा=मक्रुतन्जीह्
5)मुस्तहब=खेलाफे उला
6)मुबाह =एसको विपरीत केही पनि छैन।।
--->>अब माथी उल्लेखीत गरीएका 6 टीप्पणी हरू को व्याख्या (तफसील) ।
कस्को कती महत्त्व छ ?तेस्को हुक्म के हो ? त्यो काम गर्नु को फाइदा र न गर्नुको बेफाइदा के हो ? त्यस लाई गर्न र नगर्न मा के हुक्म छ ? यी सबै कुरा नीम्नलीखीत छन्
1)फर्ज=जुन चिज शरीअत मा फर्ज हुन्छ त्यो चिज लाई अपनाउनु/अमल गर्नु अनिवार्य हुन्छ।जस्तै,नमाज, रोजा, हज, जकात आदी जुन धर्मशास्त्र बाट प्रमाणित छन्।
* यसलाई फर्ज होइन भनेर इन्कार गर्ने व्यक्ती (काफीर)इस्लाम बाट खारीज हुन्छ ।
* यसलाई बीना कारण छोड्ने व्यक्ती फासीक,गुनाहे कबीरा(ठूलो पाप) र जहन्नम को अजाब को भागीदार हुनपुग्दछ।
* यस लाई जानीबुजी छोड्ने वा कजा गर्ने मान्छे फासीक,गुनाहगार र अजाबे जहन्नम को भागिदार हुनेछ।
2)वाजीब = जुन चिज शरीअत मा वाजीब छन् ती कुरा हरूमा अमल गर्नु पनि अनिवार्य हुन्छ ।जस्तै,ईशाअ को नमाजमा 3 रकात वित्र को नमाज
* वाजीब लाई वाजीब होइन भनी इन्कार गर्ने व्यक्ती गुमराह,बदमज्हब हुन्छ
* (शरयी उजर)बिना कारण एसलाई छोड्ने मान्छे फासीक र जहन्नम को अजाब को हकदार बानदछ।
* कुनै वाजीबलाई एक पटक छोड्नु गुनाहे सगीराह र पटक-पटक छोड्नु गुनाहे कबीराह हो।
3)सुन्नते मुअकीदाह = जसमा अमल गर्नु अत्यंत जरुरी छ। एसलाई अदा गर्नुमा धेरै सवाब प्राप्त हुनेछ
* जसलाई हुजुर अलैहिस्सलाम ले हमेशा अदा गर्नु भएको थीयोे
* यो सुन्नत हुक्म मा वाजीब को करीब छ।
4)सुन्नते गैर मुअकीदाह=जसलाई अमल गर्ने व्यक्ती सवाब पाउछ।
*एसलाई छोड्ने व्यक्ती गुनेहगार त हुदैन ।तर छोड्ने आदत पनी राख्न हुदैन।
5)मुस्तहब=प्रत्येक ती काम जसलाई शरीअतको नजरमा राम्रो मानीन्छ । तेसलाई छोड्नमा कुनै नुक्सान छैन ।तेस्ता कामहरु मुसतहब हुन।
6)मुबाह=त्यो काम हो जसलाई गर्नु र न गर्नु बराबर हुन्छ। अर्थात यसलाई गर्नमा न कुनै सवाब न छोड्नमा कुनै अजाब
7)हराम = यो चिज हराम हो भनेर शरीअत बाट प्रमाणित भैसकेपछी र यस्ता चिज लाई छोड्नु र बच्नु अनिवार्य हुन्छ ।
*जसलाई छोड्दा सवाब मील्छ।
*जसले हराम काम गर्छ फासीक,गुनाहे किबरा र जहन्नम को भागीदार हुनेछ।
8)मकरूह् तहरीमी=जसलाई छोडनु र बच्नु अतेन्त जरूरी हुन्छ ।
*जुनिचज शरीअतको विपरीत (खेलाफ) हुन भनी शरीअत बाट प्रमाणित भएको होस त्यस बाट बच्नु ।
*यसको दर्जा गुनाहे किबरा र हराम भन्दा कम छ तर पटक-पटक गर्नाले गुनाहे किबरा मा शामेल हुनछ।
*यसलाई गर्ने व्यक्ती फासिक,र अजाब को हकदार हुनेछ।
9)एसाअत=जसलाई छोड्नु र जसबाट बच्नु अतेन्त जरुरी हुन्छ ।
10)मकरुह् तनजीह्= जसलाई गर्नु शरीअतमा राम्रो मानीदैन
*यसलाई गर्ना ले अजाब त हुदैन,तर पटक- पटक गर्नु राम्रो हुदैन।
*यसबाट बच्नु मा भलाइ र सवाब हुनछ।
11)खेलाफे ऊला=त्यसतो काम लाई भिनन्छ जसलाई छोड्नु र बच्नु मा भलाई थीयो तर पनि त्यो काम गर्यो भने पाप लाग्दैन( मुसतहब जस्तै )
![]() |

No comments:
Post a Comment