[Latest News][6]

10

Translate

इस्लाम अनि वेलेन्टाइन डे


 

इस्लाम धर्मले मानव जीवनलाई सुव्यवस्थित, नैतिक र आध्यात्मिक बनाउने उद्देश्यले विभिन्न आदेश र निर्देशनहरू प्रदान गरेको छ। यसमा व्यक्तिगत, सामाजिक, आर्थिक, र धार्मिक जीवनका विभिन्न पक्षहरू समेटिएका छन्। कुरआन र हदीसले मानिसलाई सदाचार, न्याय, दया, ईमानदारी, र समाजिक जिम्मेवारीको शिक्षा दिन्छन्। यसले अरू धर्म र संस्कृतिबाट आएका तत्वहरूलाई स्वीकार गर्नबाट रोक्छ, विशेष गरी जब ती तत्वहरू इस्लामी मूल्यहरूसँग मेल खाँदैनन्।

इस्लाममा कुनै पनि विषयलाई बुझ्नुअघि, हामीले पहिले कुरआन मजीद र हदीस मुबारकको शिक्षा बुझ्नुपर्छ। इस्लामका आदेशहरू सधैं मानव जातिका लागि लाभदायक रहेका छन् र रहने छन्। यसैले भ्यालेन्टाइन डे इस्लाममा स्वीकृत छ कि छैन भन्ने बुझ्नुपूर्व, इस्लामले यस विषयमा के भन्छ भनेर हेरौं।🙌

अल्लाह पाक कुर-आन मजिदमा भन्नु हुन्छ:

१-وَ لَا تَقْرَبُوا الزِّنٰۤى اِنَّهٗ كَانَ فَاحِشَةًؕ-وَ سَآءَ سَبِیْلًا(۳۲)
اور بدکاری کے پاس نہ جاؤ بےشک وہ بے حیائی ہے اور بہت ہی بُری راہ

आषय कन्जुल इमान :
"र जिनाहको (व्यभिचार) नजिक नजाऊ, बेशक त्यो बडो निर्लज्जको कुरा हो र निक्कै खराब बाटो पनि ।"
📌 (सूरह बनी इस्राईल - 17:32)

२-आषय आ-हदिस मुबारक 
हज़रत अबु हुरैरा رضی اللہ عنہ बाट वर्णन गरियको छ | नबि ए कोनैन ,रहम्तुल्लिल आलमिन ,खातिमुल अम्बिया जनाब ए मुहम्म्दुर रसुलअल्लाह صلی اللہ علیہ وسلم को मधुर कथन रहेको छ " जानिह (जिनाह (व्यभिचार गर्ने मान्छे ) मोमिन (साँचो ईमानवाला) रहदै जिनाह (व्यभिचार ) गर्न सक्दैन "
(सहीह बुखारी: 2475, सहीह मुस्लिम: 57) 

यसको अर्थ हो कि जिनाह गर्ने बेलामा त्यो व्यक्तिले  अल्लाहको भय (तक्वा) गुमाइसकेको हुन्छ। उ भित्रको इमानलाइ पनि त्यो बेलासम्म हराउछ | 
इस्लाममा मोमिन त्यो हो जसले इस्लामका बुनियादी कुरालाइ सहर्ष हृदयबाट स्वीकार गर्दै आफ्नो जीवन बेतित गर्दा छ |

३-आषय आ-हदिस मुबारक :

 हज़रत अब्दुल्लाह बिन उमर  رضی اللہ عنہ बाट वर्णन गरियको छ | नबि ए कोनैन ,रहम्तुल्लिल आलमिन ,खातिमुल अम्बिया जनाब ए मुहम्म्दुर रसुलअल्लाह صلی اللہ علیہ وسلم को मधुर कथन रहेको छ " जसले कुनै जातिको नक्कल गर्छ, त्यो तिनीहरूमध्ये एक हो।"
(सुनन अबू दाऊद, हदीस संख्या 4031)
 
यस हदीसमा रसूलुल्लाह ﷺ ले स्पष्ट गर्नु भएको छ कि यदि कुनै व्यक्ति अरू धर्म वा समुदायका परम्परा, रीतिरिवाज र प्रतीकहरूको अनुसरण गर्छ भने, उ त्यहि समुदायको भाग बनेको हो। इस्लामले मुसलमानलाई आफ्नो धार्मिक र सांस्कृतिक पहिचान कायम राख्न आदेश दिएको छ र अरू धर्मका परम्पराहरू र रीति-रिवाजहरूमा सहभागी हुनुबाट बच्न भनेको छ।
====================================================================================================================================

बुँदा नबर १ को खुलाशा

वेलेन्टाइन डे मूलतः पश्चिमी समाजबाट सुरु भएको पर्व हो, जसमा प्रेमको नाममा नैतिकताको सीमा तोडिन्छ। इस्लामले प्रेमलाई निषेध गरेको होइन, तर यसलाई एक व्यवस्थित र पवित्र सम्बन्ध (निकाह) मार्फत स्थापित गर्न आदेश दिएको छ। तर वेलेन्टाइन डे जस्ता पर्वहरूले नैतिकता नष्ट गर्दै समाजमा व्यभिचार (जिनाह) को ढोका खोल्छन्।
यो पश्चिमी-सभ्यताको एउटा यस्त्तो पर्व हो | जसमा बिना बैबाहिक सम्बन्धमा रही जिनाह (व्यभिचार )लाइ एक अर्काको परिपुरक मान्दै आफ्नो शारीरिक भोकलाइ मेटाउने गर्छन |यसका निम्ति अनेकन उपहार प्रस्तुत गर्ने गर्छन | यस्तो संस्कारले हाम्रो समाजमा बिकृति भन्दा बढी केहि ल्याउदैन | यदि यसरीनै यस्ता खुराफाती पर्व समाज भित्र हाबी हुन् थाल्यो भने जुन बैबाहिक संस्कार छ | त्यो हराउदै जाने छ जस कारण समाजमा यस्तो फितना पैदा हुने छ जसको कुनै समाधान हुने छैन |
पहिले फितना : जिनाह (व्यभिचार )बाट जन्मने बालकको पहिचान त होला तर पिता को पहिचान कसरि हुन्छ ? किनकि जिनाह (व्यभिचार )ले एकै जना संग मात्र सम्बन्ध राख्न्छन भन्ने के ग्यारन्टी ?
आमाको कोख एकै हुन्छ तर बाउको सम्बन्ध धेरै ......एकै कोखले आमाको पहिचान त् गरायो तर...धेरै केटामान्छेको सम्बन्धले बाउ को हुन कसरी छुट्याउने |

१- विवाह एउटा वैध र समाज भित्र  जीवन बिताउने मधुर सम्बन्ध हो, जुन प्रत्येक संस्कृतिमा, धर्म र समाजमा प्राचीन कालदेखि प्रचलित छ। विवाह एक यस्तो माध्यम  हो, जसले पारिवारिक, मानसिक र शारीरिक सुरक्षा प्रदान गर्छ, साथै मानिसको जीवनमा एक-दोस्रालाई माया, सम्मान र समझदारीको आधारमा जोड्ने कार्य गर्छ।

विवाहको महत्त्व: 

विवाह इस्लाममा वैध, नैतिक, र सामाजिक रूपले स्वीकृत सम्बन्ध हो, जसले समाजलाई व्यवस्थित बनाउँछ। यदि अवैध सम्बन्धलाई प्रवर्धन गर्ने पर्वहरू प्रचलित भए भने पारिवारिक मूल्य नष्ट हुन्छन्।

विवाहले समाजलाई एकजुट राख्ने महत्त्वपूर्ण भूमिका पनि खेल्दछ। यसले पारिवारिक संरचनालाई बलियो बनाउँछ र आगामी पुस्ता (सन्तान)लाई संस्कार र शिक्षाका माध्यमले मार्गदर्शन गर्न मद्दत गर्दछ। यसले समाजमा शान्ति र स्थिरता ल्याउँछ र सामाजिक र आर्थिक दृषटिकोनबाट पनि फाइदा पुर्याउँछ

विवाहले स्वस्थ र सशक्त समाजको निर्माण गर्न मद्दत पुर्याउँछ। यसको माध्यमबाट, सामाजिक, धार्मिक र सांस्कृतिक परम्पराहरू पनि जीवित राखिन्छन् र भविष्यमा तिनीहरूको संरक्षण र प्रक्षेपण सुनिश्चित गर्न सकिन्छ।

विवाह केवल दुई व्यक्तिहरू बीचको अनुबन्ध मात्र होइन, यो एक समाजको स्थायित्व र सामाजिक उन्नति को लागि महत्त्वपूर्ण माध्यम हो  । इस्लाम र अन्य धर्महरूको दृष्टिकोणमा पनि विवाहलाई धार्मिक कर्तव्य र आध्यात्मिक उन्नतिको माध्यम मानिन्छ। बिबाहले बैध तरिकाबाट बंश अनि खानदानको पहिचान गराउछ | 

तर ...यदि हाम्रो समाज अनि त्यहा भित्रका हामिले यस्ता खुरापाती संस्कार जसलाई वेलेन्टाइन डे भनेर चिन्दछौ यसको अनुसरण गरेउ भने न-हाम्रो अस्तिव रहन्छ ,न-हाम्रो पहिचान ,नं-वंश ,न-खानदान कुनै पनि नाता-सम्बन्ध बाकि रहदैन जब पिताको पहिचान नै रहेन भने ....हाम्रो पहिचान के ..एउटा मदानीमा सयौ ठाउको दुध मिश्रण गरि दहि उत्पन्न गरेउ भने ....यो त थाहा लाग्छा कि कुन मदनिबाट दहि उत्पादित भयको हो तर ..यसको पहिचान कहिले हुदैन कि उक्त दहि कुन ठाउको दुधबाट उत्पादन भयको हो |

ठिक यसरीनै जिनाहको (व्यभिचार)बाट जन्मने सन्तानको आमाको पहिचान त हुन्छ | जसरि माथि उल्लखे गरे अनुसार मदानीको पहिचान त हुन्छ तर ..... बाउको हुँदैन|

यसकारण इस्लामले वेलेन्टाइन डे मनाउन हराम भनेको छ | कसैलाई लाग्ला यो दिन प्रेम,मायाको दिन भनेर

के प्रेम अनि मायाको निम्ति कुनै बिशेष दिन नै चाहिन्छ र यदि कसैको हृदयमा कसै प्रति सच्चा माया वा प्रेम छ भने उसका निम्ति यो वेलेन्टाइन डेले केहि महत्व राख्दैन |

उसका निम्ति हरेक दिन वेलेन्टाइन डे हुने छ | इस्लामले पनि मुसलमान लगायत सम्पूर्ण मानव जगतलाइ यहि सिकाउछ कि माया ,स्नेहर प्रेम मानवमा हरेक क्षण ,पल अनि समयमा हुनु पर्छ माया ,प्रेमको कुनै बिशेष दिन हुदैन | बिशेष दिन तोक्नु आफ्नो वासनालाइ तृप्त पार्नु बाहेक केहि होइन |

यसकारण इस्लामले वेलेन्टाइन डे लाइ "हराम" भनेको छ |


बुँदा नबर २ को खुलाशा

मोमिनको विशेषता

ईमान (विश्वास):
मोमिन भन्नाले त्यस्तो व्यक्ति हो जसले अल्लाहउसका प्रेषित (नबी)अखिरतकिताबहरूमलाइका (फरिश्ता) र तकदिर (भाग्य) जस्ता इस्लामिक विश्वासलाई आफ्नो हृदयबाट स्वीकार गर्छ र साँचो विश्वास राख्दछ।

अल्लाहको अनुकम्पामा जीउने:
मोमिन आफ्नो जीवनलाई अल्लाहका आदेश र धार्मिक कर्तव्य अनुसार बिताउँछ, र जीवनका प्रत्येक पहलुमा इस्लामिक नैतिकता र सद्गुणलाई प्राथमिकता दिन्छ।

सत्य र इमानदारी:
मोमिन मानिसको व्यवहार, बोली र काममा सत्य बोल्नुइमानदारी र न्यायका साथ अगाडि बढ्ने प्रयास गर्छ।

नमाज र इबादत:
मोमिन नमाज (सलाह), रोजा (रमजान महिनामा उपवास), जकात (दान) र हज्ज (काबा तीर्थ यात्रा) जस्ता इस्लामिक इबादतहरू को पालन गरेर आफ्नो जीवनलाई आस्थामा गहिरो बनाउँछ।

माथि उल्लेखित कुरा तेसमा लागु हुन्छ जो साचो मोमिन छ | अब एक छिन बुंदा नम्बर २ .लाइ हेरौ त्यहा नबि ए पाक صلی اللہ علیہ وسلمले मोमिन तेती बेला रहदैन जति बेला उसले जिनाह (व्यभिचार गर्ने ) गर्दछ | अर्थात जिनाह (व्यभिचार गर्ने ) यति ठुलो पाप (गुनाह) हो जसले उसलाई मोमिन हुनबाट वन्चित गर्दछ (जुन समयमा उ जिनाह (व्यभिचार) गर्नेमा लिप्त हुन्छ )
तर आज भोलि पश्चिमी -सभ्यताका हरेक तेस्ता खुरापाती,इमान खोस्ने, सैतानलाइ खुसि पार्ने कार्यहरुलाइ हाम्रा नौ-युवा हरुले सहर्ष स्वीकार गर्न लागे |

आजको समाजमा वेलेन्टाइन डे जस्ता पश्चिमी पर्वहरूको प्रभावका कारण युवा पिँढी नैतिक मूल्यहरूबाट टाढा हुँदै गएको देखिन्छ। यसरी नैतिक पतन बढ्दै जाँदा समाजमा अनेकौं समस्या उत्पन्न भएका छन्,

१. समयको बर्बादी

👉 अध्ययन, रोजगार र आत्म-विकासमा केन्द्रित हुनुपर्ने युवा पिँढी मोबाइल, सामाजिक सञ्जाल र अनावश्यक सम्बन्धहरूमा समय खेर फाल्दै छन्।
👉 अनुत्पादक क्रियाकलापमा समय खर्च गरेर आफ्नो भविष्यलाई नै अन्धकारतिर धकेल्ने काम भइरहेको छ।

२. आर्थिक समस्या

👉 युवा पुस्ताले अनावश्यक गिफ्ट, पार्टी, डेटिङ जस्ता क्रियाकलापमा पैसा खर्च गर्छन्।
👉 परिणामस्वरूप, ऋण लिने, चोरी-जारी गर्ने वा अन्य गलत क्रियाकलापमा फस्ने सम्भावना बढ्छ।

३. नाता-सम्बन्धमा दरार

👉 अनैतिक सम्बन्धहरूले परिवारभित्र अविश्वासको वातावरण सिर्जना गर्छ।
👉 प्रेममा धोका, विवाहेत्तर सम्बन्ध, र पारिवारिक विघटनको कारण समाज कमजोर बन्दै जान्छ।

४. हत्या, हिंसा र आत्महत्या

👉 असफल प्रेम सम्बन्धका कारण जलन, इर्ष्या, र बदला लिने सोचले हिंसा बढाउँछ।
👉 प्रेममा असफल भएपछि आत्महत्या गर्ने युवाको संख्या पनि दिनानुदिन बढिरहेको छ।
👉 प्रेमकै नाममा एसिड आक्रमण, घरेलु हिंसा, हत्या जस्ता अपराधहरू समाजमा वृद्धि हुँदैछन्।

इस्लामले यस्ता कुरालाई तेसै अबैध पक्कै भनेको होइन यस्तै यस्तै घटना समाज,देश भित्र घट्ने हुदा यसलाई "हराम" करार गरेको छ | जब कुनै वेक्तिले आफ्नो जीवनकालमा यी सम्पूर्ण कुराको पालन गर्दै इस्लाम भित्र रही रहेको छ जब केवल एक जिनाह(व्यभिचार) जस्तो घृणित कार्य गर्छ उ मोमिनबाट हट्ने छ जतिबेला सम्म यो घृणित कार्य गर्ने छ | इस्लाम जिनाह (व्यभिचार) लाइ ठुलो पापहरु मध्य एक पापमा सामेल गर्दछ |
यसकारण इस्लामले वेलेन्टाइन डे लाइ "हराम" भनेको छ |

बुँदा नबर ३ को खुलाशा

यो पाश्चात्य संस्कृति (Western Culture) को अनुसरण हो|

इस्लामले अरू धर्म र संस्कृतिको अनुकरण नगर्न सिकाउँछ, विशेष गरी जब ती इस्लामिक शिक्षाविरुद्ध हुन्छन | इस्लाम एक पूर्ण र परिपूर्ण जीवन प्रणाली हो, जसमा मानव जीवनका सबै पक्षहरूको मार्गदर्शन छ। यदि मुसलमानहरूले अन्य धर्म वा संस्कृतिहरूको अनुकरण गरे भने, इस्लामिक शिक्षाहरू धमिलिन सक्छन्, जसले इस्लामको मौलिकता गुम्ने खतरा रहन्छ। 

इस्लाम सत्य मार्ग हो, जसले तौहीद (अल्लाहको एकत्व), नबुव्वत (पैगम्बरहरूको मार्गदर्शन), र आखिरत (परलोक जीवन) जस्ता मौलिक शिक्षाहरू प्रदान गर्छ। यदि मुसलमानहरूले अन्य धर्मको अनुकरण गरे भने, सत्य र असत्यबीचको भिन्नता नै हराएर जानेछ। 

सबै भन्दा महत्व पूर्ण अनि अर्थपूर्ण कुरा यो छ कि अल्लाह पाकले हाम्रो निम्ति हाम्रो दिन (धर्म) लाइ पूर्ण गर्नु भयो अब हामीलाई अरु कसैको धर्म देखि कुनै चिज सिक्नु छैन जस्तै अल्लाह पाक भन्नु हुन्छ कुर-आन मजिदमा
"आज मैले तिमीहरूको लागि तिम्रो दीनलाई पूर्ण गरिदिएँ..." (सूरह अल-माइदा: ३)

यसको अर्थ, इस्लाम सबै धर्महरू भन्दा शुद्ध र सम्पूर्ण छ, र अरु कुनै धर्मको अनुसरण गर्नुले यसको शुद्धता र सम्पूर्णता गुमाउन सक्छ।

जब हाम्रा निम्ति इस्लामलाइ पूर्णता प्रदान गरियो भने अब हामीलाई किन अरु कुनैको आश्था भित्र छिर्न जरुरी , तेस्तो आश्था जसले हामीमाझ फुट ,झुट, हिंशा ,अनैतिकता .जिनाह(व्यभिचार) जस्ता घृणित कार्य गर्न उक्साउँछ|
यस्तै सोच अनि घृणित कार्य देखि बच्न हाम्रा मन मस्तिष्कका प्रशन्न दाता ,बेसहारा हरु क सहारा ,सम्पूर्ण मानवता लागि मार्गदर्शक,सम्पूर्ण ब्रह्माण्डका करुणापात्र  हजरत मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम)का निम्ति " जसले कुनै जातिको नक्कल गर्छ, त्यो तिनीहरूमध्ये एक हो।" भन्नु भएको हो|

इस्लाम, हाम्रा संस्कार, व्यवहार, र आस्थाहरू अल्लाह र उहाँका रसुल (सल्लल्लाहु अलैहि वसल्लम) को देखाइएको मार्गमा आधारित हुनुपर्छ। यसले मुस्लिम समुदायलाई आफ्नो अद्वितीय पहिचानको रक्षा गर्न मद्दत पुर्याउँछ, र अरु संस्कृतिहरूको अनुकरण नगर्ने महत्त्वपूर्ण कारण हो।

ध्यान दिनुहोस् कि यस हदीसले धर्म र संस्कृतिको नक्कललाई मना गरेको हो, न कि सामान्य र परिष्कृत रचनात्मक प्रक्रियाहरूलाई। यसका कारणले, हाम्रो उद्देश्य केवल इस्लामिक मार्गदर्शन अनुसार जीवन यापन गर्नु हो, र अरु धर्म वा संस्कृतिको अनावश्यक अनुकरणबाट बच्नु हो।


निष्कर्ष:

इस्लामले मानव जीवनलाई नैतिकता, आध्यात्मिकता र सामाजिक सुव्यवस्था प्रदान गर्ने उद्देश्य राख्दछ। प्रेम र सम्बन्धको साँचो रूप इस्लाममा पवित्र र व्यवस्थित रूपमा प्रस्तुत गरिएको छ। निकाह वा वैध सम्बन्धमा प्रेमको पालन गर्न इस्लामले विशेष जोड दिएको छ, र यसले समाजलाई शान्ति र स्थिरता दिन्छ।

वेलेन्टाइन डे जस्ता पश्चिमी पर्वहरू, जसमा नैतिक सीमाहरू तोडिन सक्छ, समाजमा व्यभिचार र अनैतिक व्यवहारको प्रवृत्ति बढाउँछन्। यसले पारिवारिक संरचनालाई कमजोर बनाउँछ र व्यक्तिगत, सामाजिक तथा मानसिक समस्याहरूलाई जन्म दिन्छ।

इस्लामले यस्ता पर्वहरूको अनुसरण नगर्नको कारण स्पष्ट छ: हाम्रो धर्म इस्लामले हामीलाई एक नैतिक, संयमित र धार्मिक जीवन बिताउन सिकाउँछ जसले समाजलाई शान्त र सुरक्षित बनाउँछ। जब हाम्रो धर्मले सबै कुरा पूर्ण गरेको छ, तब हामीलाई अन्य संस्कृतिहरूको अनुसरण गरेर आत्मसंतुष्टिको आवश्यकता छैन।

साँचो प्रेम भनेको अरूलाई इमानदारी र सम्मानका साथ व्यवहार गर्नु हो, र यसका लागि कुनै विशेष दिनको आवश्यकता छैन। यदि हामी हाम्रो जीवनलाई इस्लामिक शिक्षामा आधारित राख्छौं भने, हामीलाई हरेक दिन प्रेम र आदरका साथ बाँच्न सकिन्छ।

यसैले, इस्लामले वेलेन्टाइन डे र यसजस्ता पर्वलाई "हराम" भनेको छ, र मुसलमानलाई आफ्नो धार्मिक र सांस्कृतिक पहिचानमा स्थिर रहन र अरू धर्म र संस्कृतिका नकारात्मक प्रभावबाट बच्न आग्रह गर्दछ।

यसकारण इस्लामले वेलेन्टाइन डे लाइ "हराम" भनेको छ |

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search