मेराज शारीरिक या आध्यात्मिक ?
بِسْــــــمِ اللّٰهِ الرَّحْمٰنِ الرَّحِىْمِ
اَلصَّــلٰوةُ وَالسَّلَامُ عَلَيْكَ يَا رَسُوْلَ اللّٰه ﷺ
आज केहि खोक्रा आस्था-वान मनुवाहरुको यो बिचार रहेको देखिन्छ कि हाम्रा मन-मस्तिष्कका प्रशन्न-दाता ,दुखिहरुका दुख हर्ता ,पापिहरुका मोक्ष-दाता, सम्पूर्ण ब्रह्माण्डका निम्ति करुणापात्र ,अल्लाह पाकका निक्कै प्रिय इश-दुत ,अन्तिम रसुल अनि नबि,आदरणीय अनि सर्व-सम्मानित मुहम्मद वहा माथि शान्ति होसले जुन यात्रा (मेराज) गर्नु भएको थियो त्यो फकत सपनामा भएको थियो भन्ने एक तर्कहीन र अर्थपूर्ण सोच राखेका छन् उनीहरुलाई म केहि प्रश्न सोधन चाहन्छु
पहिलो यो कि कुर-आनमा अल्लाह पाकले भन्नु भयको छ 'سُبۡحٰنَ الَّذِىۡۤ اَسۡرٰى بِعَبۡدِهٖ لَيۡلًا مِّنَ الۡمَسۡجِدِ الۡحَـرَامِ اِلَى الۡمَسۡجِدِ الۡاَقۡصَا الَّذِىۡ بٰرَكۡنَا حَوۡلَهٗ لِنُرِيَهٗ مِنۡ اٰيٰتِنَا ؕ اِنَّهٗ هُوَ السَّمِيۡعُ الۡبَصِيۡرُ ﴿17:1
अनुवाद कन्जुल इमान 'पाकी है उसे(2) जो अपने बन्दे(3) को रातों रात ले गया(4) मस्जिदे हराम से मस्जिदे अक़्सा तक(5) जिसके गिर्दा गिर्द हमने बरकत रखी(6) '
यहा अल्लाह पाकले बन्दा (भक्त) भनि सम्बोधन गर्नु भयको छ मलाइ यो भन्नुस कि के कुनै रूह(आत्मा)लाइ बन्दा (भक्त) भानिन्छ जबसम्म स-शरीर र रूह एक-अर्काका परिपुरक हुदैनन तेसलाई बन्दा भनिदैन किनकि बन्दा (भक्त) त्यो हो जसले आफ्नो पालनकर्ताको इबादत गर्दछ र बिना शरीर कुनै पनि इबादतको कल्पना सम्म गर्न सकिदैन यहा यो कुरा पनि अवगत गराउन चाहन्छु कि इस्लामका ठुला ठुला बिद्धवान (मुफस्सिर मुहद्दिस )ले जुन अजाब (यातना ) छ त्यो पनि आत्मा(रूह)लाइ नभई शरीरलाइ दीने कुरा प्रस्तुत गर्नु हुन्छ किनकि यातना केवल शरीरलाइ मात्र हुने छ यसको पिडा केवल शरीरलाई मात्र हुने हुदा बिना शरीर कुनै पनि आत्मालाई अजाबको पिडा नहुने हुदा शरिरनै हुने छ अब अल्लाह पाकले कसको शरीर कहाँ कसरि कुन बेला दिने हुन् त्यो केवल अल्लाह पाकलाइ मात्र ज्ञान छ म यो बिषयमा जान चाहिन
अब कुरा रहयो बन्दाको त् यो प्रस्ट भयो कि जुन यात्रा हाम्रा आका वाहा माथि शान्ति होस् गराइएको थियो त्यो सपना मा नभई स-शरीर बिपनामा नै गराइएको थियो
अनि जब आत्मा(रूह)का मात्र सपनामा यात्रा गराउनु थियो त् किन अल्लाह पाकले वहाका निम्ति बुर्राक पठाउनु भयो आत्मालाई कुनै पनि यात्रा गर्न कुनै प्रकारको सवारीको के खाचो ?
सोचौ यहाँ अल्लाह पाकले यो खुलस्त पारिदिनु भयको छ कि नबि ए करीमको यात्रा सपनामा र आत्माको मात्र नभई यो स-शरीर भएको कुरा प्रस्ट पारिदिनु भयको छ
यो कुरा प्रस्ट छ कि कुनै पनि सवारीका निम्ति शरीर हुनु जरुरि छ र कुनै पनि सवारीले शरीर बोक्ने गर्छ न कि कुनै आत्मा(रूह) बोक्ने एतिकुरा त् सायद स-साना नानि बाबुलाई पनि थाहा हुने गर्छ
जब नबि ए करीमलाइ मेराजमा लाने प्रबन्ध गरियो सर्वप्रथम जिब्रिल ए अमिनले वहाको छातिलाइ(छाती भित्रको मुटु) जम जमको पानीले धुनु भयो जसलाई सक्के सदर भानिन्छ
“عَنْ أَنَسِ بْنِ مَالِكٍ أَنَّ رَسُولَ اللَّهِ صلى الله عليه وسلم أَتَاهُ جِبْرِيلُ صلى الله عليه وسلم وَهُوَ يَلْعَبُ مَعَ الْغِلْمَانِ فَأَخَذَهُ فَصَرَعَهُ فَشَقَّ عَنْ قَلْبِهِ فَاسْتَخْرَجَ الْقَلْبَ فَاسْتَخْرَجَ مِنْهُ عَلَقَةً فَقَالَ هَذَا حَظُّ الشَّيْطَانِ مِنْكَ. ثُمَّ غَسَلَهُ فِى طَسْتٍ مِنْ ذَهَبٍ بِمَاءِ زَمْزَمَ ثُمَّ لأَمَهُ ثُمَّ أَعَادَهُ فِى مَكَانِهِ وَجَاءَ الْغِلْمَانُ يَسْعَوْنَ إِلَى أُمِّهِ يَعْنِى ظِئْرَهُ فَقَالُوا إِنَّ مُحَمَّدًا قَدْ قُتِلَ. فَاسْتَقْبَلُوهُ وَهُوَ مُنْتَقَعُ اللَّوْنِ. قَالَ أَنَسٌ وَقَدْ كُنْتُ أَرَى أَثَرَ ذَلِكَ الْمِخْيَطِ فِى صَدْرِهِ.”
“On the authority of Sayyidunā Anas bin Mālik (may Allāh be pleased with him), that Sayyiduna Jibrīl [upon him be peace] came to the blessed court of the Messenger of Allāh (may the peace and blessings of Allāh be upon him) whilst he was busy with the children, he [Sayyiduna Jibrīl] took the Prophet (may the peace and blessings of Allāh be upon him), laid him down, split his blessed chest and took out the blessed heart and removed a piece of flesh from it, then he said, ‘This is the ‘share’ of the devil in you.’ Then he washed it in a gold bowl with Zam Zam water, sewed it and then he placed it back into its place. Some children ran to the mother [wet nurse] of the Noble Messenger (may the peace and blessings of Allāh be upon him) and said, ‘ The Holy Prophet Muhammad (may the peace and blessings of Allāh be upon him) has been killed’, thus, the people ran to him and his complexion had changed. Sayyidunā Anas (may Allāh be pleased with him) said, ‘I used to see the affects of that needle upon his blessed chest.’”
[Sahīh Muslim, vol 1, Hadīth no 163]
अब मलाइ यति भन्नुस कि के कुनै आत्मा ( रूह) को सक्के सदर गर्न सकिन्छ के यो सम्भव छ कतापी सम्भव छैन सक्के सदरका निम्ति शरीरको हुन जरुरि छ
माथि उलेखित कुराले यो कुराले प्रस्ट पारेको छ कि जुन मेराज(यात्रा) हाम्रा नबि वहा माथि शान्ति होस लाइ गराइयो यो सपनीमा नभई स-शरीर बिपनामा गराइएको थियो भन्ने बुझिन्छ
अब पनि यदि यो कुरालाई ति भर्मित आस्था-वानहरुले स्वीकार गर्दैन् भने अल्लाह पाक हिदायत दिउन यीनीहरुलाई
मेरो यो लेखाइमा कहिँ कुनै त्रुटी भएको भय अल्लाह पाकका निम्ति मलाइ खबर गर्नु होला
हामीलाई सुन्ने हेर्ने भन्दा बडी अमल गर्नेमा अग्रसर बनाउन र कहिँ कतै कुनै गल्ति भएको रहिछ यो लेखमा भने अल्लाह पाकले मेरो उक्त गल्तीलाई क्षमा गरिदिउन आमिन
अस्तग्फेरुल्लाह रब्बी मिन कुल्ले जम्बिउ

No comments:
Post a Comment