[Latest News][6]

10

Translate

सत्य घटनामा आधारित यो लेख अवश्य पढ्नु होला !

">सत्य घटनामा आधारित यो लेख अवश्य पढ्नु होला !कुनै ठाउँमा एउटा धनी व्यापारी रह्ने गर्दथियो । उस्को उमेर ५० बर्ष हुन नै लागेको थियो कि अचानक उस्लाइ मुटुमा समस्या हुन थाल्छ । बिहान बेलुका मुटु दुख्नाले उस्को शरीर पनि कमजोर भएको आभास हुन्थ्यो । एक दिन उस्ले उसैको शहरको सबै भन्दा ठूलो अस्पतालमा आफ्नो उपचार गराउदा, त्यहाँका सम्पुर्ण डाक्टरहरुले उस्लाइ युरोप गएर उपचार गराउने सल्लाह दिन्छन् । व्यापारी त्यहा बाट फ्लाइटमा युरोप जान्छ र आफ्नो मुटुको टेस्ट गराउछ । युरोपमा सबै टेस्ट गरि सके पछी डाक्टरहरुले उस्को मुटु काम गर्न बन्द गरेको कारण उस्लाइ अब केही दिनको मेहमान रहेको बारेमा बताउछन् ।यो कुरा सुनेर त्यो व्यक्ती निरास हुँदै आफ्नो घर फर्किन्छ र आफ्नो अरु बचेको केही दिन त्यही दुखमा दिन गन्दै बिताउन थाल्छ । 

एक दिन जब त्यही व्यपारी कुनै दोकानमा गोस्त किन्नको लागि जाँदै थियो तब उस्ले बाटोमा एउटा महिलालाई गोस्त दोकान अगाडि बाट फ्याकिएको गोस्तको चर्बी उठाएको देख्छ । व्यपारी त्यो महिला नजिक गएर सोध्छ," हजुरले यो फ्याकिएको गोस्त किन उठाइ राख्नु भएको छ, के म यस्को कारण जान्न सक्छु ?"

उत्तरमा महिलाले भन्छिन् ,"मेरो घरमा साना बाबुनानिहरु गोस्त खाने जिद्दी गर्दैछ्न्, र मेरो श्रीमान् इन्तेकाल भएको पनि धेरै समय भयो र हाम्रो घरको आमदानी नभएको कारणले र छोराछोरीको जिद्द पूरा गर्नको लागि मजबुर भएर यसरी गोस्त उठाउन बाध्य भएको छु, अब यो फ्याकिएको चर्बीको साथमा केही गोस्त पनि आउँछ जस्लाइ म घर गएर धोएर पकाउनेछु ।"

यति सुन्नासाथ त्यो व्यापारीको आखा आसुले भरिन्छ र उस्ले सोच्छ,"मेरो जिवनमा मैले धेरै पैसा कमाए तर त्यो पैसाको केही फाइदा भएन, अब मेरो जिवनको केवल केही दिनहरु मात्र छ । मेरो पैसा कुनै गरिबको काम आए त्यो भन्दा राम्रो मेरो लागि अरु के हुन सक्छ होला र !" त्यही समय ब्यापारीले त्यो महिलालाई धेरै गोस्त किनेर दिन्छ, साथै त्यो गोस्त दोकानदारलाई पनि भन्छ," सुन्नुस ! अब यो महिलालाई चिनी राख्नुस्, जब उनि यहाँ आउछिन् उस्लाइ चाहिए जति गोस्त दिनु होला र त्यस्को पैसा तपाईं मबाट लिनु होला"   यो घटना पछि त्यो व्यापारी आफ्नो कार्यमा व्यस्त हुन्छ । केही दिन पछि उस्लाइ आफ्नो मुटुमा कुनै पीडा र दुखाइ नभएको आभास हुन्छ । सोही समय त्यो व्यापारी त्यहीको अस्पतालको ल्याबमा गएर जचाउछ । ल्याबका डाक्टरहरु ले व्यापारिलाई भन्छन्," हाम्रो रिपोर्ट अनुसार हजुरको मुटु एकदमै ठिक रहेको छ, तर फेरि एक पल्ट युरोपको अस्पतालमा गएर देखाउनु होला ।" त्यो व्यक्ती फेरि युरोप पुग्छ र त्यहाँका त्यही डाक्टरहरु लाई आफ्नो मुटुको टेस्ट गराउछ । तर त्यहाको रिपोर्ट अनुसार पनि उस्को मुटुमा केही समस्या नै नभएको कुरा खुलस्त हुन्छ । डाक्टर हैरान रहन्छ्न् र अचम्म हुँदै त्यो व्यापारीलाई सोध्छन्," हामिले आज सम्म यस्तो चमत्कार भएको देखेको छैनौं, हजुरले कहाँ बाट उपचार गराउनु भयो र त्यस्तो के खानु भयो जस्ले हजुरको रोग नै गायब गराइ दियो ?

डाक्टरको कुरा सुनेर व्यापारीलाई त्यही गोस्तवाली महिला याद आउँछ र उस्ले मुस्कुराउदै डाक्टरलाई जवाफ दिन्छ "मेरो उपचार त्यो ठाउ बाट भएको हो, जस माथी हजुरहरुले बिस्वास नै राख्नु हुदैन । निश्चितरुपमा मेरो नबिले सत्य भन्नू भएको थियो, सद्काले हरेक कष्टलाई मिटाउने गर्दछ "

यो पोस्टलाई शेयर गर्नु हजुरको लागि एउटा सद्का ए जारिया पनि बन्न सक्छ । अल्लाह तआला हामी सबैलाई अमल गर्ने तौफिक प्रदान गरून् ! आमिन

✍️✍️..साजिद अहमद

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search