पश्चिमेली संस्कृति र हाम्रो समाज
पश्चिमेली संस्कृति र हाम्रो समाज
" सुन आज तिमी जुन अविकसित र अउन्नती का तर्फ लम्किदैं गइरहेका छौ किन ? तिमिलाइ थाहा छ ?? यसकारण कि तिमिले पश्चिमी संस्कृति लाई आफनो दुश्मन समझिएका छौ , तिमिले साइन्स र टेक्नोलोजी लाई छोड्दियौ , केबल मौलवियत लाई छाती मा टांसेर हिडेका छौ , बेलै मा बुद्दी पुर्याउ , साइन्स र टेक्नोलोजी बिना कुनै समुदाय उन्नती को शिखर चुम्न सक्दैन , जतिबेला पनि तसौउफ, तसौउफ भन्दै भागिरहेका छौ नि हो त्यही हो मुख्य जरो , त्यसै जरा ले बांधिएका छौ तिमिहरु , त्यस जरा लाई जब सम्म उखलेर फ्यांक्दैनौ तब सम्म तिमीहरु कदापी उन्नति र विकास तर्फ लाग्ने छैनौ ..... मेरो भासण जारी नै थियो ....
" सर ! मेरो एउटा प्रश्न " .... please
एकजना युवकले बिचमै उठेर भने ..
" हजुर सोध्नुहोस !
मैले पनि टाइ मिलाउदै भने ।
" सर मेरो प्रश्न केवल एत्ति मात्र हो कि ..
# आखिर मूसा अलैहिस्सलाम ले फिरऔन सङ्ग टेक्नोलोजी को खजाना हुंदा हुँदै पनि उसलाई कसरी परास्त गर्नु भयो ?
# आखिर् साइन्स र टेक्नोलोजी मा आफ्नो समय का ख्याती प्राप्त हस्ती हरु को बावजूद इन्दोलुस का मुसलमान हरु किन अविकसित भए ?
# आखिर् साइन्स र टेक्नोलोजी मा आफ्नो समय का ख्याती प्राप्त हस्ती हरु को उपस्थिती का बावजूद अब्बासी युगका मुसलमान हरु ती अज्ञान् तातारी समुदाय बाट कसरी परास्त भए ??
# आखिर कुनचाहिँ साइन्स र टेक्नोलोजी र फल्सफा थियो कि ५० वर्ष भित्रै मुसलमान हरु बिना कुनै युद्ध को सामान विजयी भए ? र चन्केज खान को नाति बरका खान ले इस्लाम लाई स्विकार गरेर शक्ति को पांसो लाई पलटाइदियो ?
# आखिर तुरकी , वियना मा किन छिर्न असफल भए , जबकी तुर्किहरु संग टेक्नोलोजी र सामग्री श्रोत हरु युरोप भन्दा कयौं गुणा धेरै थियो ?
# आखिर मुगल राज केही हजार अंग्रेज़ सङग कसरी पराजित भयो ? जबकी मुगल राजको पावर र क्षमता ,टेक्नोलोजी अंग्रेज़ सङ्ग भन्दा धेरै न भए पनि थोरै पनि थिएन ??
# आखिर साइन्स र टेक्नोलोजी मा आफ्नो समय को शक्तिशाली मानिने रास्ट्र ( रूस ) अफगानिस्तान मा किन असफ़ल भयो ?
# टर्की , मिश्र मलेशिया ले पश्चिमी संस्कृती , सोच र शिक्षा लाइ अपनाएर कुन चांहि सफलता हात पारे ?
# सर सैय्यद अहमद खान ले जुन अलिगढ युनिभर्सिटी को निर्माण गरेका थिय के युरोप आज त्यहां बाट शिक्षा प्राप्त गरिरहेका छन ?? के त्यो युनिभर्सिटी द्वारा मुसलमान हरु सफ़ल भएका छन ??
# सर आखिर कुन साइन्स र टेक्नोलोजी थियो जसले बद्र को युद्ध भूमी मा आफुभन्दा ३ गुणा शक्तिशाली र हथियार्धारी फौज माथि विजय प्रदान गरेको थियो ??
# सर , के कारण थियो कि प्रथम शताब्दी का मुसलमान हरु बिना कुनै साइन्स र टेक्नोलोजी त्यस समय को सुपर पावर कैसर र किसरा संग टकराए र उनिहरु लाई धुजा धुजा पारि दिए ??
# सर त्यो कुन चाहिँ शक्ति थियो जसले मदीना को मिम्बर मा मुसलमान का अगुवा जुमुआ को खुतबा मा भन्दै थिए " हे सारिया , पहाड तर्फ बाट होशियार होउ " र सारिया हजारौं हजार मील टाढा बाट उहाँको आवाज लाई सुनेका थिए , र सफलता हात परेको थियो ??
# सर माफ गर्नुहोला , हाम्रा अगुवा हरु बिगत 2 शताब्दी देखि केवल यहि भावना का सिकार हुँदै आइरहेका छन कि पश्चिम लाई आफ्नो इमाम बनाउनु पर्छ , सर पस्चिमेली संस्कृति ले त हामिलाइ जलाएर नस्ट पारी सक्यो ...........
मेरो निधार बाट पसिना को थोपा बग्ने बाटो खोजिरहेको थिए जबकी कांफ्रेन्स हल मा उपस्थित मानिसहरू उक्त युवक का लागि उभिएर तालि बजाइ रहेका थिए ।
म सोच्दै थिएं " काश आज को दिन मैले देख्न नपरेको भए "
" सर अन्तिममा एउटा कुरा .....
तालिहरु केही कम हुने बित्तिकै त्यो युवक पुनः शुरु भए ,
# " सर , यदि पश्चिमलाइ हामिले हाम्रो इमाम बनायौं भने याद राख्नुहोला केहिदिन पछि यहाँ " फादर डे " को अवसर मा डि एन ए ( D N A ) मोबाइल सिस्टम हुनेछ , र 300 डलर रकम बुझाएर आफनो असली बुबा को पत्ता लगाइने छ , किनकी उसको आमा लाई समेत थाहा हुने छैन कि उसको असली बुबा को हो भनेर ......
# कुमारी छोरिचेली बाट जब बच्चा जन्मिने छ तब पश्चिमी संस्कृति को पराकाष्ठा हामिमाझ छर्लङ्ग हुनेछ ।
# सर यस टेक्नोलोजी ले मानिसको खान्दान लाई खोसिदियो , उनिहरुको आराम लाई खोस्यो , उनिहरु बिच माया र प्रेम लाई भ्रष्ट पारेको छ , यहाँ सम्म कि यहि टेक्नोलोजी का कारण उनीहरुको धर्म आस्था र व्यबहार हरु पनि यहि टेक्नोलोजी को भेटं चढने तरखर मा छ । यस्तो टेक्नोलोजी बाट हामिलाइ के दिन चाहनु हुन्छ ,?,??????
कान्फ्रेन्स हल ताली को गरज ले गुन्जिरहेको थियो , तर मेरो लागि भने स्टेज को भर्याङ्ग झर्न पनि कठिन भइसकेको थियो ।
#Razaa
#translated_From_Novel_Diary

No comments:
Post a Comment